Advertisement
SKIP THIS

लिभर सिरोसिस बिरामी आशिष थापाले पाए स्याङ्जा परिवारबाट सवा छ लाख रुपैया आर्थिक सहयोग


बोम्जन गुरुङ, सउल कोरिया ।

०३ सेप्टेम्बर २०२०

स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. २ ईलुङ्गा स्थायी घर भई विगत तीन वर्षदेखि कोरिया स्थित एउटा कृषि क्षेत्रमा कार्यरत रहेका कलेजोको जटिल समस्या (लिभर सिरोसिस)का बिरामी आशिष थापा (सूर्य) लाई स्याङ्जा परिवार दक्षिण कोरियाको अगुवाईमा सञ्चालित आर्थिक सहयोग संकलन अभियान पश्चात करिब रु.छ लाख पच्चीस हजार (६२,३९,५६५ कोरियन वोन) बिरामी स्वयंलाई हस्तान्तरण गरिएको छ ।

बिरामी थापा अस्वस्थताका कारण कम्पनीबाट रिलिज पेपर लिएर कामको खोजीमा रहँदै गर्दा अचानक बेहोस भई ढलेका थिए । काम छोडेर बसेको अवस्थामा उपचार खर्च निकै धेरै आएकोले स्याङ्जा परिवार दक्षिण कोरियाको मातहतमा दुई हप्ताको अवधि राखेर उपचारार्थ आशीष थापा “सुर्य” सहयोग संकलन अभियान सञ्चालन गरिएको संस्थाका केन्द्रीय अध्यक्ष युवराज गुरुङले जानकारी दिए । सो अभियानको सम्पूर्ण विवरण संस्थाको पेजबाट अपडेट गरिएको केन्द्रीय कोषाध्यक्ष बिजय थापाले थपे ।

कोरियाको अस्पताल डिस्चार्जपछि बिरामी थापा थप उपचारका लागी यही सेप्टेम्बर ४ तारिक नेपाल जाँदैछन् । सउल दोङ्देमुनस्थित स्याङ्जा घरमा रहेका उनलाई स्याङ्जा परिवारका केन्द्रीय अध्यक्ष युवराज गुरुङ, केन्द्रीय सल्लाहकारद्वय नरेन्द्र गुरुङ र होबिर दर्लामी मगर, संस्थाका भलिबल टीम क्याप्टेन अमित राना, सक्रिय व्यक्तित्व पुरन गुरुङ, बिरामी निकट व्यक्तित्व चमन थापा लगायतको उपस्थितिका विच सो सहयोग रकम हस्तान्तरण गरिएको हो । सोही अवसरका विच नेपाल मगर संघ दक्षिण कोरियाको प्रतिनिधित्व गर्दै सो संस्थाका प्रमुख सल्लाहकार रहेका होबिर दर्लामी मगरले रु. ७० हजार (७ लाख वोन) संस्थागत रुपमा प्रदान गरेका थिए । केहि हप्ता अघि मात्रै आपतकालिन राहतकोष स्थापनार्थ नेपालीका लागी नेपाली दक्षिण कोरियाद्वारा गत छुसकमा आयोजना गरिएको “सांगीतिक महाधमाका-२०१९ ” संकलित रकमबाट रु. एक लाख अर्थात दश लाख वोन सहयोग गरिसकिएको उक्त कार्यक्रमका संयोजक गुरुदत्त न्यौपानेले जानकारी दिए ।

उपचारार्थ आशीष थापा “सुर्य” सहयोग संकलन अभियानमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग गर्नुहुने नेपाल मगर संघ दक्षिण कोरिया, सांगीतिक महाधमाका-२०१९ को टिम लगायत कोरियामा रहेका समस्त नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...