सुष्मा रानाहँमाको शब्दमा हेमन्त गुरुङ र जुनु राईको दोङ्देमून बजार सार्वजनिक

दक्षिण कोरियामा रहेर साहित्य सिर्जनामा कलम चलाइरहेकी कवि एवम गीतकार सुष्मा रानाहँमाको शब्दमा रहेको दोङ्देमून बजार… बोलको गीत सार्वजनिक भएको छ।
निकै मीठो बनेको गीतमा कोरियामै रहेर संगीत क्षेत्रमा सक्रिय गायक हेमन्त गुरुङ र सुमधुर स्वरकी धनी गायिका जुनु राईको आवाज सुन्न सकिनेछ। गीतलाई गायक एवम संगीतकार विनोद खम्बुले मीठो लयमा कम्पोज गरेका छन् भने राजु कार्कीको संगीत संयोजन रहेको छ।
कोरियाको चाडपर्व छुसक सलनाल साथै विदाहरुका दिन नेपालीहरुको जमघट हुने ठाउँ दोङ्देमूनको ३ नम्बर गेट हो। उक्त गेटलाई पेरिफेरी बनाएर लेखिएको गीतमा कोरियामा नेपालीहरुको जनजीवनको झल्को भेटिन्छ भने गीतमा माया पीरती, कोरिया बसाईको अनुभूति साथै देश प्रेमपनी समेटिएको पाइन्छ।
गीतलाई गायक स्वंयको युट्युब च्यानल हेमन्त गुरुङबाट सार्वजनिक गरिएको छ।
गीतको लिङ्क्लिकको लागि यहाँ क्लिक गर्नुहोला