Advertisement
SKIP THIS

आज देखि सउलमा १० जना भन्दा बढी जम्मा हुन नपाइने


दक्षिण कोरियामा केहिदिन देखि फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गरिरहेको छ । विशेष गरि राजधानी सउल र आसपासका क्षेत्रमा संक्रमन बढ्न थालेपछि १० वा सो भन्दा बढी ब्यक्तिहरुको सहभागीमा सभा वा जुलुस गर्न नपाइने नियम लागु गरेको छ ।

सउल महानगरका अनुसार अगस्ट २१ शुक्रबारबाट यो नियम लागू हुनेछ भने ३० अगस्टको मध्यरात सम्म कायम रहनेछ ।

यस अघि सउल स्थानीय सरकारले १ सय जना सम्मको सहभागी हुन पाउने नियम लागु गरेको थियो । तर यो प्रभावकारी नभएपछि थप कडाइ गरिएको हो ।

त्यस्ता नियम उल्लंघन गर्नेलाई कडा जरिवानाको समेत व्यवस्था गरेको छ ।
यदी कसैले यस नियमको उल्लंघन गरेमा ३० लाख कोरियन वन अर्थात करिब २५ सय डलर भन्दा बढी जरिवाना तिर्नु पर्ने समाचार एजेन्सी योनहापले जनाएको छ । साथै कोरोना भाइरस फैलाउने ब्यक्ति वा संस्था विरुद्ध अपराधिक मुद्दा समेत दायर गर्ने योजना भनाएको जनाएको छ ।

पछिल्लो समय सउलमा पादरी जून क्वांग-हूनको नेतृत्वमा सरकार बिरोधि र्याली भएको थियो । जहाँ अधिकांस उमेर बढी भएका नागरिकहरु सयौंको संख्यामा सहभागी भएका थिए ।

सउल क्षेत्रमा रहेको पास्टर जुनको चर्चका मात्रै ६ सय ३७ जनलाई कोरोना पोजेटिभ देखिएको थियो । जस मध्ये १८ जना र्यालिमा सहभागी भएका थिए । त्यसैले यस्ता सभा, जुलुस र र्याली कोरोना भाइरस फैलिने मध्य बन्न सक्ने देखेर १० जना भन्दा बढी सहभागीतामा प्रतिबन्ध लगाएको देखिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...