Advertisement
SKIP THIS

दक्षिण कोरियाकी प्रथम महिला लिले अगस्टमा उत्तरकोरियाको भ्रमण गर्ने


ऐश्वर्य श्रेष्ठ,सोल -दक्षिण कोरियाको पुर्व प्रथम महिला लि हि होले उत्तर कोरियाको आगामी अगस्टमा भ्रमण गर्ने भएकी छिन् ।
स्वर्गीय राष्ट्रपति किम दाय जुंगकी ९३ बर्षीय श्रीमती लिले अगस्ट पहिलो हप्तामा भ्रमण गर्ने स्रोतले सोमबार दाबी गरेको छ । स्रोतको अनुसार लिले अगस्ट ५ देखि ८ सम्मको भ्रमण तय गरिएको बुझिएको छ ।लिले सन २००३ मा राष्ट्रपति किमसंग उत्तर कोरियाको भ्रमण गरेकी थिइन् ।

 

उत्तर कोरियाको सिमाक्षेत्र केसांगमा गएका दक्षिण कोरियाका ५ जना प्रतिनिधि गएर फर्किए लगतैं लिको भ्रमण घोषणा भएको हो ।किम दाय जुंग पिस सेन्टरका एक अधिकारी किम सुंग जे भन्छन्,’दुई देश बीचको संबन्ध सुधार गर्ने र सहकार्यलाई बढावा दिने यो एउटा राम्रो अवसर हो ।’

 

लिले उत्तर कोरियामा त्यहांका नेता किम जांग उनलाई भेटने निश्चित नभएतापनि प्रवल संभावना रहेको पिस सेन्टरका सुंगले बताए । उनले बाल अस्पताल,माउन्ट म्योहंग लगायत समेत भ्रमण गर्ने बताइएको छ ।लिको स्वास्थ्य स्थितिको कारणले उत्तर कोरियाले प्लेनबाट भ्रमण गर्न प्रस्ताव गरेको छ ।

किम दाय जुंगलाई उत्तरकोरियामा चम्किलो उनको राजनीतिक प्रभावलाई श्रद्धाको भावले हेरिन्छ ।किमले दुई देशको सिमाक्षेत्र एकआपसमा खुल्ला गरेको थिए, भने मेलमिलापको हात अघि बढाएका थिए । स्व किम दायले उत्तर कोरियाका नेता किम जोंग ईलसंग सन २००० मा पहिलो चोटी दुई कोरियाबीच अन्र्तकोरिया सम्मेलन गराएका थिए भने सोही बर्ष किम दायले नोबेल शान्ति पुरुस्कार समेत प्राप्त गरेका थिए ।त्यतिबेला लिले समेत उत्तरकोरियाको राजधानी प्योंगयांगको भ्रमण गर्ने अवसर पाएकी थिईन् ।

 

लिको संभाव्य कम्युनिष्ट राष्ट्रको भ्रमणलाई दुई देशबीचको तनावलाई संबन्ध सुधारको पाटोको रुपमा हेरिएको छ ।

(स्रोत योन्हाप)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...