पराजित पोमूका दुई प्रेमिल कविता
१) युप्पारूङ्
संसार जीत्न हिडेको हूँ म
आकस्मिक-
बिच यात्रामा ठुलो पानी परेको थियो
छाता बोक्न बिर्सिएको दिन हो तिमीले
पहिलो भेट भएको थियो हाम्रो,
आकाशमा विजुली चम्किनु, मेघ गडाङगुडुङ ठूलोसित गर्जनु
रातोपीरो भएर लजाऊदै तिमीले मेरो शरिरबाट हात हटाऊनु
ठिक, त्यसैबेला तिम्रा आँखाहरू
निहुरीका थिए जमिन तिर
छुपीछुपी निथुक्र भिजेको तिम्रो शरिर मैले हेर्नु
एऊटा मिठो संयोग थियो,
मौनताको बीचबाट
चिया खाने प्रस्ताव गर्नु तिमीले
स्विकारमा मैले टाऊको मात्र हलाऊनु
सुरूप सुरूप चियाको एकोहोरो आवाज बीचबाट
हराई रहेको थिए हामी बिचका अन्जान मनहरू
-थाहै नपाइ चियाको पैसा तिर्न तिमी अगि बढ्नु
बीचमा मैले रोक्न खोज्दा
आकस्मिक हात एक आपस ठोकीनु
प्रेमको सुन्दर स्पर्श थियो ,
लमपसार बाटो र समयहरू माथि
दुवा एक पाईलाहरू दोबाटोमा आइ पुगेपछि
केहि बोल्न खोज्दा खोज्दै मेरो मनोभाव बुझेर
सम्पर्क नं साटेर फेरी भेट्ने वाचा गर्नु
सुन्दर एक अहोभाग्य थियो ,
सायद,
जीवन देखि भाग्दा भाग्दै, मुल ढोकाकै संधारमा छेकेर
जन्मदै तिम्रो भावी कर्ममा
जीवनलाई छल्दा छल्दै,ढोका सधेरीमा बसेर
जन्मदै खेरी मेरो इमेनाले
छटौं लेखमा
जस्तै- आख्यान, कथा, नाटक, कविता- को सुन्दर पात्र झै
मन्चन गरी रहेका थियौ हामी रङ्ग मन्चमा
हो-“हामी”भन्ने साँची प्रमाण पेश गर्नलाई
बाँधेको हुँ मायाको नासो ,
समयले खुड्किला उक्लन्दै ऊक्लन्दै जादा
मेन्च्छयायेन याप्मी भएछौ तिमी
जीऊ भरी शिकार खेल्न खजना बेकेर
शिकार खोज्दै जंगलै जंगल हिडेदा
भोक, विलास र प्यासमा
पानीको खोजिमा अल्मलीन सक्छौ
हावाको स्पर्शमा हराऊन सक्छौ भनि
थमाएको हुँ चुन ढुङ्गाका टुक्रा
‘तिमी र म ‘-” म र तिमी “बिचको नाता जोड्न् ,
भाकेर माङ, राखेर आधा मुटु
पठाएको हुँ तिमीलाई मायाको नासो
स्विकार गर या नगर
तर थाहै नपाई तिमी त मेरी भई सकेकी रहेछौ
बाँधेर मायाको युप्पारूङ
२) फूल बेची रहेकी केटी
बगैँचाभरि गमलामा फूलहरू फुलेको छ
विहान विहान सानी केटी फूल टिप्न आउछे
मन्दिरमा आऊने यात्रीलाई फूल बेच्छे,
सानी केटी
बाटो छेऊमा फूल बेची रहेकी छे
तिनको कोमल हातले फूल टिपेको सुन्दर लाग्छ मलाई
तिनको सुन्दर हात फूलसंग खेलेको राम्रो लाग्छ मलाई
माली बगैँचाको फूलहरूमा पानी भरि रहेको छ
झाँरपात टिपेर गोडमेल गरि रहेको छ
माली चाहान्छ बगैँचामा सधैभर फूल फुलि रहोस
बगैँचा भरि फूलहरू फूलि रहेको छ
अचानक कतै-बगैँचाका गमलाहरू टुटे भने
ति सानी नानीको हात काडासंग खेल्नु पर्छ
काडा र खस्रो पातहरूसंग खेल्छिन् की !
खै के गर्छिन् होली ?
सानी केटी-
बाटो छेऊमा फूल बेची रहेकी छे
सायद,
तिनी पूर्वजन्मको प्रेमिका थिन् क्यारे ।
॥
कवि इतर आवाज साहित्य समाज कोरियाका शिर्षविन्दु हुनुहुन्छ।