Advertisement
SKIP THIS

उडानको पर्खाइमा ईपीएस कामदार


रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल ।

कोरोना महामारी नभएको भए उनी यतिबेला कोरियाको दक्षिणी भागमा पर्ने नाजु क्षेत्रमा काम गर्दै हुन्थे । उनले कोरिया आउन भिसा प्रोसेसिङ गरेको झन्डै ४ महिना भयो । ३ महिनाभित्रै उडिसक्नुपर्ने भए पनि लकडाउनका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द हुँदा अन्योलमा छन् । उनीजस्तै १ हजार २ हजार नेपाली कोरिया आउने तयारीमा छन् ।

दक्षिण कोरियामा पनि ईपीएसमार्फत आएका ३ हजार ४ सयभन्दा बढी नेपालीको भिसा सकिएको छ । यो महिनाको अन्तिमसम्म ४ हजार ५ सय ३० जनाको भिसा सकिनेछ । अप्रिलमै भिसा सकिने नेपालीले न त काम गर्न पाए न त घर जान । लामो समय बस्दा खर्चिलो कोरियामा अनेक समस्या भोगिरहेको सुभाष ढकालले अनुभव छ । ‘हामीलाई पहिला भिसा ५० दिनको दिएको छ । त्यसपछि भने एलिएन कार्ड (विदेशी परिचयपत्र) समेत अध्यायगमन विभागमै राखेर एउटा पेपर दिएको छ,’ उनले गुनासो गरे, ‘हामी आफै पैसा तिरेर नेपाल जान्छौं । त्यहाँको सरकारले तोकेको सबै नियम मान्छौं भन्दा पनि केही वास्तै गरिएन । कहिलेसम्म यसरी बस्ने हो ?’
कोरियाको रोजगारदाता कम्पनीले क्वारेन्टाइनमा बस्ने व्यवस्था गरे ईपीएसमार्फत कोरिया आउन चाहनेलाई कुनै समस्या छैन । कोरोना महामारीका कारण विदेशबाट आउने सबै यात्रुले अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नैपर्ने नियम छ । कम्पनीहरुले कामदार छनोट गरेको भए पनि कोरोनाका कारण अहिले नेपालबाट कामदार नल्याएको हुन सक्ने छाङवन विदेशी कामदार सहयोग केन्द्रकी स्नेहा लामाको ठम्याइ छ । ‘अहिले भियतनामबाट कामदार ल्याउन सुरु गरेको छ । नेपाल सरकारले कामदारलाई पठाउन पहल गरे ईपीएसमार्फत कोरिया आउन कुनै समस्या छैन,’ उनले भनिन् ।
धेरै युवाहरुको आकर्षक वैदेशिक रोजगारीको गन्तव्य हो कोरिया । यहाँ काम गर्दै आएका र घर बिदामा नेपाल गएर उतै बस्ने युवाको संख्या पनि ५ सयभन्दा बढी छ । राजीव घिसिङ त्यसैमध्येका एक हुन् । ‘म आएको ४ महिना भयो । घरैमा बसिरहेको छु । एक महिनाको छुट्टीमा आए पनि प्लेन नभएकाले जान सकिएन,’ उनले भने, ‘प्लेन चार्टर गरेर जाने भन्ने हल्ला पनि चल्छ । निकै तनावमा छु ।’

नेपालबाट कोरिया आउने र कोरियाबाट भिसा सकेर नेपाल जान चाहने नेपालीको संख्या धेरै छ । ईपीएसमार्फत ४ वर्ष १० महिना काम गरेपछि अनिवार्य स्वदेश फर्कनुपर्ने एचआरडी कोरियाको नियम छ । यसरी स्वदेश फर्किएका मध्ये कम्पनी परिवर्तन नगरी बसेका कामदार ३ महिनापछि कम्पनीले चाहेमा फेरि कोरिया आउन सक्छन् । यसरी कोरिया आउने कामदारले कुनै पनि परीक्षा दिन पर्दैन । ‘मैले रेगुलर काम गरेको हो ।

कम्पनीले पनि ३ महिनापछि आउनु भनेर मलाई लेटर दिएको थियो । मार्चमा घर गएर आउनुपर्ने मान्छे अहिले पनि कोरियामै छु,’ सोल नजिकैको सहर इछनसीमा काम गर्ने दीपक खड्काले भने, ‘अब ई ९ भिसा नै छैन जस्तो छ । ३ चोटी त भिसा थपिसक्यो ।’ ईपीएसमार्फत आउने कामदारलाई दिने भिसा ई ९ भिसा हो ।

दुईतर्फी नै यात्रु भए पनि सरकारले चासो नदेखाएको धेरैको गुनासो छ । ‘हामीले कोरियाका लागि सरकारले प्लेनको व्यवस्था गरिदिनु, लाग्ने पैसा हामी तिर्छौं भन्यौ । तर काम केही भएन,’ नेपालबाट दैलेखका अजय सोडारीले भने । उनी पनि कोरियामा आउने पर्खाइमा छन् ।

भिसा सकिएका नेपालीको विवरण लिएर सरकारलाई पठाउन लागेको नेपाली राजदूतावास सोलको भनाइ छ । ‘हामीले नेपाल सरकारले छिट्टै कोरियामा भएका भिसा सकिएका नेपालीलाई पनि लैजान्छ । केही समय कुर्नुपर्‍यो,’ कार्यवाहक राजदूत रामसिं थापाले भने ।

भिसा सकिएका नेपालीलाई केही कम्पनीले खिसुक्सा (कम्पनीको होस्टेल) मै बस्न दिए पनि धेरैलाई बस्नको समस्या छ । ‘मेरो मार्च २७ मा घर जाने टिकट थियो । त्यही बेलादेखि कम्पनी छाडेर बसेको छु,’ जीवन मगरले भने, ‘कहिले साथीसँग जाँदा खासै खर्च नभए पनि सेल्टरमा बस्दा दैनिक ५ हजार जति खर्च हुन्छ ।’

कोरियामा एउटा कम्पनी छाडेर अर्को नपाउन्जेलका लागि बस्न विभिन्न संघसंस्थाले ‘सेल्टर’ खोलेका छन् । नेपाली रेस्टुरेन्टले खोलेको सेल्टरमा बस्दा ‘इन्ट्री फी’ भनेर १० हजार लिइन्छ । खाना पनि त्यहीँ खानुपर्ने नियम छ । नेपाली रेस्टुरेन्टमा एक छाकको ८ सय देखि १२ सयसम्म पर्छ । कोरियामा भिसा सकिएका नेपालीको अर्को टाउको दुखाइ यहाँको इन्स्योरेन्स पोलिसी पनि हो । वैधानिक रुपमा ६ महिना कटेका सबैले मासिक १२ हजारभन्दा बढी तिर्नुपर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...