Advertisement
SKIP THIS

नाङ्साल साङ्गितिक सौगात कार्यक्रमको आयब्यय सार्बजनिक


तामाङ समाज ख्यङ्साङ बुसान दक्षिण कोरियाको आयोजनामा गत सलनाल एवं २८५६ औं सोनाम ल्होसारको अवसरमा सम्पन्न भएको बृहत सास्कृतिक कार्यक्रम “नाङ्साल सांगीतिक सौगात“ को आयब्यय सार्बजनिक गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि समाजले झन्डै एक करोड तीस लाख रूपैया मुनाफा भएको जानकारी गराएको छ ।
लागु औषध र्दुव्यसन विरूद्द निरन्तर रूपमा काम गरिरहेको निता फाउन्डेसन अन्तर्गत मुक्ति पुनर्स्थापना गृह सहयोगार्थ गरिएको उक्त कार्यक्रमको आय तर्फ कुल ३ करोड ९२ लाख ५८ हजार ३ सय ८७ वन र कुल खर्च २ करोड ६४ लाख २३ हजार १ सय ६७ वन गरि १ करोड २८ लाख ३५ हजार २ सय २० वन (करिब एक करोड तीस लाख ) बचत भएको जनाएको छ । किम्हेमा भएको कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम ऐतिहासिक रुपमा भब्य र सभ्य सफल रहेको कुरा उपस्थित सम्पूर्ण अथितिले बताएका थिए । तामाङ समाजले विगतका कार्यक्रमहरुमा पनि यसैगरी आर्थिक पारदर्शिता देखाउदै आइरहेको र अहिले पनि त्यस्तै आर्थिक पारदर्शिता देखाएकोले यस क्षेत्रका सम्पुर्ण नेपालीको मन जित्न सफल रहेको स्पीड मोबाइल किम्हेका प्रतिनिधि ईश्वर काठायतले बताए । किम्हेको लुम्बिनी रेस्टुरेन्टको कार्यक्रम हलमा संचालित उक्त कार्यक्रममा कार्यक्रमका आर्थिक बिभाग संयोजक एवम् तामाङ समाज ख्याङ्साङ्क बरिष्ठ उपाध्यक्ष धनराज तामाङ्ले आर्थिक आय ब्यय प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सुजित घिसिङले समय परिस्थिति अनुकुल हुनासाथ कार्यक्रमको उद्देश्य अनुरूप सहयोग हस्तान्तरण काम अघि बढाईने बताए ।
साथै यस कार्यक्रम लाई ऐतिहासिक रुपमा सफल पार्न आफ्नो कार्य ब्यस्तता बावजुत पनि हरेक तवरले आर्थिक, भौतिक र नैतिक सहयोग गरिदिनु हुने ख्यङ्साङ् क्षेत्रमा रहेको विभिन्न जातीय, क्षेत्रीय संघ(संस्थाहरु , समाजसेवीहरु , बुद्धिजीवीहरु , विभिन्न पेशाका ब्यवासाहीहरु , विद्यार्थीहरु लगायत सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइलाई पुन हार्दिक धन्यवाद र आभार प्रकट गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...