काेरियाबाट पठाइकाे काेराेना किट नेपाल सरकारलाई हस्तान्तरण


दक्षिण कोरियास्थित नेपालीहरूको आर्थिक सहयोगमा गैरआवासीय नेपाली संघले चार हजार वटा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने किट नेपाल पठाएको छ । कोरियन एयरबाट नेपाल पठाइएका किट स्वास्थ्य मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाइ शनिवार हस्तान्तरण गरिएको छ।
किटबाट तीन घण्टामा नै कोभिड–१९ को संक्रमण भए/नभएको यकिन हुन्छ । दक्षिण कोरियामा हाल ६ वटा ठूला कम्पनीले मात्रै विदेशमा कोभिड–१९ परीक्षण किट निर्यात गरिरहेका छन् ।
संघले बिहीबार सोलस्थित नेपाली दूतावासलाई किनिएका किटको विवरण बुझाएको थियो । ‘एक व्यक्ति एक किट’ भन्ने नारासहित दक्षिण कोरियामा रहेका नेपालीबीच मार्चमा सहयोग संकलन गरिएको थियो ।

कोरियामा रहेका ४ हजार ६ सयभन्दा बढी नेपालीले १४ करोड ८४ लाख ५८ हजार ७ सय ६९ वन जम्मा गरेका थिए । दुई हजार कोरोना परीक्षण किट किन्ने भनेर सुरु गरिएको अभियानमा सहयोग धेरै जुटेपछि चार हजार किट किनिएको हो । बाँकी रकमले चीनबाट पीपीई दुई हजार सेट, एन–९५ माक्स १० हजार प्रति, सर्जिकल माक्स २० हजार वटा किनिएको छ ।
‘कोरोना परीक्षण किट नेपाल पठाउन विविध कारणले ढिल भए पनि हामीले अब नेपाल सरकारलाई बुझाएको छौं । दोस्रो चरणका रूपमा हामी चीनमा किनिएका सामान नेपाल पठाउँछौ,’ संघका अध्यक्ष यज्ञराज सुवेदीले भने । दक्षिण कोरियामा रहेका नेपाली देशलाई आवश्यक पर्दा एकजुट भएको पनि उनले बताए ।

कार्यवाहक राजदूत रामसिं थापाले दक्षिण कोरियामा रहेको नेपालीको एकताले राम्रो सन्देश दिने बताए । ‘दुई साताको अभियानमा यति धेरै नेपाली जुट्नु धेरै राम्रो हो । यी सामग्रीको उचित प्रयोग हुनेमा म ढुक्क छु,’ उनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकको कार्यक्रममा एनसिसिको सहजिकरण , तनहूँ, पाँचथर र लुम्बिनीलाई अनुमति
  • चुम्लुङ कोरियाद्वारा केलाङ प्रशिक्षण सम्पन्न
  • पूर्वी नेपाल समाजले १० औँ वार्षिकोत्सव सँगै वृहत वनभोजको आयोजना गर्दै
  • जुन २२ का दिन ह्वासङमा ‘खुल्ला पुल प्रतियोगिता’ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...