Advertisement
SKIP THIS

रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर


रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा दायर गरेका हुन् ।
मंगोलीयन, भियतनाम, म्यानमार, उज्वेकस्थानका ५ जना ईपिएस कामदारले मुद्दा दायर गरेका हुन् । उनीहरुको मुद्दालाई कोरियाली मानव अधिकार संस्था र वकिलहरुको समुहले अदालतमा बहस गर्ने छन् । कोरियाको संबिधानको ब्याख्या गर्ने अधिकार संबैधानिक अदालतलाई रहेको छ ।
अहिले रोजगार अनुमति प्रणाली अन्तरगत कोरियामा आएका कामदारले स्वइच्छाले कम्पनी (कार्यस्थल) परिवर्तन गर्न पाउँदैनन् । ‘कामदारले कम्पनी आफू अनुकुल नभएमा कम्पनी परिवर्तन गर्न पाउनु संबैधानिक हक भएकोले ईपिएसको अहिलेको नियम खारेज गर्न हामीले यो मुद्दा दायर गरेका हौ । आशा छ संबैधानिक अदालतले हामीलाई न्याय दिन्छ ।’ प्रवासी मजदुर युनियन(एमटियु)का अध्यक्ष उदय राईले भने । ‘कोरियाली संविधानको धारा १५ मा सबैलाई आफुले गर्ने काम (पेशा) छनोट गर्ने स्वतन्त्रता छ भनिएको छ । तर ईपिएस मार्फत कोरिया आएका कामदारले काम छनौट गर्न पाउँदैनन् ।’ राईले थपे ।
कोरियाली मजदुर कानुनको धारा ७ ले कामदारलाई कुटपिट, धम्कि, मानसिक तथा शारीरिक स्वतन्त्रता हनन हुने गरि काम लगाउन नपाउने उल्लेख छ । अन्तराष्ट्रिय मजदुर संगठन (आईएलओ)को १९३० मा जारि गरिएको जबर्जस्ती काममा लगाउने सम्बन्धि महासन्धिको धारा २ को १ अनुसार स्वइच्छाले प्रदान गरिएको श्रम बाहेक कुनै पनि काम जवरजस्ति लगाउन नपाइने उल्लेख छ । कोरिया आईएलओ महासन्धीको पक्ष राष्ट्र भएकोले कोरियाली नियम झै कार्यन्वयन हुन पर्ने कोरियाली मजदुर संगठन(केसीटियू)ले जनाएको छ ।
कोरियाली मजदुरका बिभिन्न नियम भए पनि राम्रोसँग कार्यन्वयन नभएको यहाँका मजदुर संगठनहरुले जनाएका छन् । काम गर्ने स्थल परिवर्तन गर्न नपाएका कारण कतिपय विदेशी कामदार गैरकानुनी रुपमा बसिरहेका छन् भने केही कामदारले आत्महत्या समेत गरेको एमटियुले जनाएको छ ।
ईपिएस अन्तरगत सन् २००४ देखि विदेशी कामदारहरु काम गर्न आउन थालेका हुन् । अहिले १६ वटा देशका ३ लाख ५० हजार भन्दा बढि कामदार काम गरिरहेका छन् । नेपालले सन् २००७ देखि ईपिएस अन्तरगत कामदार पठाइरहेको छ । अहिले ३५ हजार नेपाली काम गरिरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...