Advertisement
SKIP THIS

कोरियामा कोरोना भाइरसको प्रकोप बढनुमा सिन्चेन्जी चर्चको मुख्य भूमिका


दक्षिण कोरियामा आज विहीबार साँझसम्म कोरोना भाइरस संक्रमितको संख्या १७६६ पुगेको छ । कोरियाका रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाए अनुसार आज मात्रै ५०५ जना नयाँ थपिएको छ । मृत्यु हुनेमा १३ जना पुगेको छ । विगत एक सातादेखि दैनिक जसो सयौ संक्रमितको बृद्धी भइ रहेको छ । थेगु शहरमा मात्रै सबैभन्दा बढी ११३२ पुगेको छ ।

सउलदेखि ३०० किलोमिटर टाडा रहेको थेगु कोरियाको एक मुख्य शहर हो । थेगुमा गत साता ६१ वार्षिय एक महिलामा पहिलो पटक भाइरस संक्रमन देखिएको थियो । उनी थेगु स्थित सिन्चेन्जी चर्चमा पुगेका थिए । तीन चार पटक चर्च पुगेकी ती महिलाकै कारण चर्चका धेरै व्यक्तिमा संक्रमन देखिपछि संख्यामा ह्वात्तै बृद्धी भएको हो । थेगुका संक्रमित मध्ये ६० प्रतिशत सोही चर्चसंग सम्बन्धीत छन् ।

सोही चर्चका अनुयायीहरु ८२६९ जनालाई क्वरेन्टाइनमा राखेर जाँच गर्दा विहिबार विहानसम्म ६२२ जना संक्रमित देखिएको जनाइएको छ । हालसम्म चर्चका २ हजार जनाको जाँच गरिसकेका छन् भने अझै ६ हजारको केही दिन भित्र जाँच सकिने बताइएको छ ।

त्यही समयमा जनवरी ३० तारिख थेगुबाट नजिकै ख्यांगसागं भुक्दोको छइ०दो गुन स्थित छइ०दे देनाम अस्पतालमा सोही चर्चका स्थापक ली मान हेको भाईको अन्त्येष्टीमा भेला भएकाहरुमा पनि संक्रमण देखिएको छ । हाल सोही अस्पताका ११४ जना संक्रमित पुगी सकेका छन् । सोही अस्पतालका संक्रमित बनेका मानसीक रोगीहरुलाई उपचार गर्न निकै चुनौती बरिहरको छ ।

सिन्चोन्जी चर्चका अनुयायीहरुलाई जाँच गरिरहेसम्म सक्रमितको संख्या बृद्धी हुन सक्ने भन्दै आगामी एक साता अझै उच्च विन्दुमा रहने अनुमान थेगुका मेयरले गरेका छन् ।

यसैगरी सोही चर्चमा सहभागि भई अन्य शहरमा पुगेका वा चर्चसंग सम्बन्धीत व्यक्तिहरुसंग भेटेपछि अन्य ठाउँका ब्यक्तिहरुमा पनि संक्रमण देखिन थालेका छन् । यसरी नै चारैतिर संक्रमन फैलिन थालेपछि चर्चका ११ सय शाखाहरु बन्द भएका छन् । त्यसैले चर्चले आफ्ना २ लाख १०हजार अनुयायीहरुको नामावली दिएर सुरक्षित गरिदिन हुन सरकारलाई आग्रह गरेको छ ।

तर सरकारले सो चर्चका अनुयायीहरु ३ लाख १० हजार रहेको अनुमान गरेको छ । चर्चका गोप्य संगठन र रणनीतिका कारण सरकाले सो तथ्यकंमा विश्वास गर्न सकेका छैन । त्यसैले सम्पर्कमा नआएकाहरुलाई खोजी गर्न ७५३ प्रहरी परिचालन गरेका छन् । सउलमा मात्रै सो चर्चका २८००० अनुयायी रहेको तथ्यंक सार्वजनिक भएको छ । सउलको खाननाममा भेटिएको पहिलो युवा संक्रमित पनि थेगु पुगेर फर्केपछि पुष्टी भएको छ।

चर्चका सदस्यहरुको संख्या र सुविधाहरुबारे गलत जानकारी प्रदान गर्ने र सरकारको नेतृत्वको निरीक्षणमा बाधा पुर्‍याएको आरोप लगाउदै चर्चको संस्थापकको बिरूद्ध एक नागरिक समूहले मुद्दा दायर गरेका छन् । यस चर्चका ४०० कार्यलय र ७०,००० पहल गर्ने प्रख्यात व्यक्तिहरुको विवरण खुलाउन अस्विकार गरेको दावी उनले गरेका छन् ।

यस चर्चका अनुयायीहरु चिनमा रहेपनि कोरोना भाइरसको प्रकोप फैलिएको उवान शहरमा भने कार्यलय नभएको जनाइएको छ । तर फेब्ररी ९ तारिख बुसामा गरेको विदेशी नेटवर्कको बारे जानकारी गराउने कार्यक्रममा यस चर्चका शाखा उवान शहरमा पनि भएको उल्लेख गरिएको कोरियाका न्युज एजेन्सीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...