सउल नेपाल गुम्बाद्वारा मार्च १ मा बृहत ल्होसार ल्हाब्सोल कार्यक्रम गर्ने, तयारी अन्तिम चरणमा


सउल नेपाल गुम्बाको संयोजकत्व, नेपाल बौध्द परिवार, नागार्जुन गुम्बाको सहकार्य र नेपाल अादिवासि जनजाती महासंघको सहयोगमा ल्होसार ल्हाब्सोल कार्यक्रम हुने भएको छ ।

नेपालबाट बुद्धको प्रतिमा ल्याई राखिएकाे धार्मिक तथा पर्यटकीय स्थल योङ्गीन शहरमा अवस्थित वाउजङ्सा गुम्बा (와우정사 용인)मा मार्च १ तारिख आईतबार नेपाली राजदुतावासको प्रमुख आतिथ्यता हुने सउल नेपाल गुम्बा व्यवस्थापन समितिका सचिब अमिर योन्जनले जानकारी दिए ।

आ-आफ्नो देशको धर्म कला सांस्कृति र परम्परा अनुसार मन्ने तरिकाहरू केही फरक पर्न सक्दछ । त्यसैगरी औंसीका दिन सरसफाई र भोलिपल्ट नयाँ वर्षको स्वागत गरिन्छ ।

लोसार (नयाँ वर्ष) पहिलो दिन मान्ने मन्यजनहरू, गुरू, बुवाआमा, इष्टामित्र, घरपरिवारबीच एकआपसमा रमाईलो गरी शुभकामना (आशिर्वाद/मोलम) अदानप्रदान गरि मनाइन्छ । त्यसै गरेर लोसार (छेपा-सुं) तृतीय- पूह्री सम्ममा धार्च्योगका साथै लुङताहरू विभिन्न बौध्द मन्त्र छापेको लुङत, पन्चरंगी ध्वजाहरू अग्लो अग्लो डाँडामा वा आफ्नो घर–घरमा धार्च्योग् चढाउने लुङता हावालाई चढाई ल्हाब्सोल भगवानहरू प्रति जय जयकार गरिने प्रचलन रहेकोले यसपाली पनि कोरियमा रहेका नेपालीहरूले जातीय कला, सांस्कृति र भेषभूषामा आ-आफ्नो जातिय नृत्यका साथ भव्य प्रस्तुती रहने सउल नेपाल गुम्बा व्यवस्थापन समितिका अध्यक्ष दुध बहादुर लामाले जानकारी दिएका छन् ।

कार्यक्रममा सम्पूर्ण स्वदेश तथा बिदेशमा रहेका नेपाली, कोरियन बौध्दमार्गीहरू संगको अपसमा भाइचारा कायम हुँदै दुइ काेरिया बिच समेत शान्ति र समझौता छिट्टै कायम भै विश्वशान्ती छाइयोस भन्ने उध्देश्यले ल्हाब्सोल कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । दुइ देशको नागारिक सुमाधुर संबन्धा र सुख शान्ति, समृद्धि, सु-स्वास्थ्य र विश्वशान्ति लागी ल्हाब्सोल कार्यक्रम अायाेजना गरेकाे सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिए ।

त्यसैले उक्त मिति, समय र स्थानमा नेपाली तथा कोरियन सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूको गरिमामय उपस्थितिका लागि समेत प्रमुख लामाले निमन्त्रणासंगै हार्दिक अनुरोध गरेका छन् । कार्यक्रम स्थलमा जान दोङदेमुनबाट विहान ठिक कोरियन समय ८ बजे बसको व्यवस्था पनि गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...