किम्हेमा सलनाल डान्स पार्टी भब्य रूपमा सम्पन्न
दक्षिण कोरियाको दोश्रो महान चाड सलनालको पहिलो दिन 2020/01/24 तारिख तमू धी ख्यड़साड़नाम्दो बुसान शाखा र तमू समाज खजेदोको संयुत्त आयोजनामा सलनाल डान्स पार्टी भव्य र सभ्य रूपमा सम्पन्न भएकाेछ।
दक्षिण कोरियाको चर्चित DJ अभि गरूङ को उत्कृष्ट DJ कला प्रस्तुती संगै सुरु भएको Dance Party मा मुख्य आकर्षकको रूपमा नेपालबाट आमन्त्रीत चर्चित बेली डान्सर तथा दर्शक श्रोताको मन मुटुमा बस्न सफल सबैको प्रिय गायिका प्रिती आले रहेका थिए ।
डिजे अभि गुरूङको डिजे कला प्रस्तुतीमा रमाइरहेका, नाचिरहेका, झुमिरहेका दर्शक पाहुना महानुभावहरू प्रिती आलेको आगमन संगै आलेले दिएको उत्कृष्ट Rocking प्रस्तुतीमा झन् धेरै रमाएका झुमेका थिए।
संयमसेवकको रूपमा खटिनु भएका साथिहरूलाइ भिडलाई सम्हाल्न हम्मे-हम्मे परेको थियो भने त्यस्तो कुनै पनी अप्रिय घट्ना, झै-झगडा भएन। नहुनुमा आयजकको तर्फबाट Dance Party सम्बन्धी राम्रो ब्यबस्थापन गरिएको र हल भित्र परिचालित संयमसेवक, बार ब्यबस्थापन, बाहिरी ब्यबस्थापनमा खटिनु हुने सम्पुर्ण पदाधिकारीहरुले सयमंमित भई कार्य ब्यबस्थापन, संम्पादनमा महत्वपुर्ण भुमिका खेलेको अध्यक्ष अनिश गुरूङले बताए ।
उक्त सलनाल Dance Party मा उत्कृष्ट Dance Performance को आधारमा आयोजकको तर्फबाट पहिल्यै घोषित Best Dancer (Award ) पुरस्कार Female तर्फ सारा गुरूड. र Male तर्फ शम्भु रावतले जित्न सफल भएका छन्। भने उक्त पुरस्कार संस्थाको उपाध्यक्ष खेलकुद तथा सास्कृतिक विभाग संयोजक फिलिप गुरूड. अध्यक्ष अनिस गुरूड. ब . सल्लाहाकार गोपाल गुरूङले बितरण गरेका थिए ।
तमू आवास गृह (सेल्टर) ब्यबस्थापन तथा आपतकालिन राहात कोष स्थापनार्थ सन्चालित सलनाल डान्स पार्टी कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल बनाउन नेपाल बाट आएका राष्ट्रिय कलाकार प्रिती आले लगायत DJ अभी गुरुङ साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तमु धी ख्यांङ्गसाङ्गनाम्दो बुसान शाखा तमू समाज खजेदोको सम्पूर्ण सदस्य साथीहरु साथै विभिन्न संघ सस्थाको साथीहरु त्यसैगरि सम्पूर्ण उपस्थित महानुभाबहरुलाई हार्दिक धन्यबाद दिदै यसैगरि आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गरेको अध्यक्ष अनिस गुरूङले फोनिज कोरियालाइ जानाकारी दिएका छन् ।