Advertisement
SKIP THIS

दक्षिण कोरियामा ‘तामाङ कलाकार संघ’ गठन, अध्यक्षमा युनिक दोङ


सउल । दक्षिण कोरियामा रहेर गीत संगीतको क्षेत्रमा सक्रिय रहेका तामाङ कलाकारहरुले ‘तामाङ कलाकार संघ दक्षिण कोरिया’को गठन गरेको छ । यही जनवरी २४ तारीख शुक्रबारका दिन सउलको दोङदेमुन स्थित तामाङ दिममा भएको कलाकारहरुको एक भेलाले उक्त संघको गठन गरिएको हो ।

तामाङ संघ दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष रबि लामाको प्रमुख अतिथिमा भएको उक्त भेलाले युनिक दोङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमितिको गठन गरेको छ । उपाध्यक्षमा सुर्य रुम्बा, सचिबमा मिलन दोङ, सह सचिबमा छेडुप लामा, कोषाध्यक्षमा ज्ञान लामा, सदस्यहरुमा राज ब्लोन, मनिराज लामा, अन्जय लामा र प्रयास लामा रहेका छन् ।

दक्षिण कोरियामा रहेका तामाङ कलाकारहरु सबै एकताबद्ध भएर एक अर्कोमा सहयोग गर्दै आफ्नो पेशागत हकहितको लागी उपलब्धि मुलक कार्यहरू गर्ने उदेश्यले यस संघको गठन गरेको जानकारी नव निर्वाचित अध्यक्ष युनिक दोङले दिएका छन् । परदेशमा रहेर पनि आफ्नो कला मार्फत तामाङ समाजलाई केहि गर्न सकिन्छ कि भन्ने मुख्य उदेश्यले एकजुट भएका जानकारी दिदै दोङ्ले भने ‘यसमा मलाई विश्वास गरेर अध्यक्षमा निर्विरोध चयन गर्नु भएकोमा सम्पुर्ण कलाकार साथीहरूलाई धन्यवाद । यहाँ रहेका कलाकार साथीहरूको र सिङ्गो तामाङ समुदायको उन्नति र प्रगतिको लागि राम्रो काम गर्ने मैले सक्दो कोशिस गर्नेछु ।’

साथै नेपाल तामाङ कलाकार संघ केन्द्रसँग समन्वयन गरेर थप के कस्तो कार्यहरू गर्ने सकिन्छ त्यसको लागी आवस्यक पहल गरेर अगाडि बढ्ने जानकारी दोङले दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...