Advertisement
SKIP THIS

कोरियामा भइरहेको समर युनिभर्सियाडको लनटेनिसमा नेपाली खेलाडी पराजित


फोनिज कोरिया संवाददाता

काठमाडौं-नेपालकी प्रीति बराल २८ औं समर युनिभर्सियाड गेम- २०१५ अन्तर्गत लनटेनिसमा शनिबार पराजित भएकी छन् । दक्षिण कोरियाको ग्वाङजुमा भएको महिला एकल स्पर्धामा प्रीति बेलारुसकी मुन भिक्टोरियासंग ६-० र ६-० को सोझो सेटमा पराजित भइन् । प्रीति कोर्टमा ३० मिनेट मात्र टिकिन् ।

 

आर्चरीको व्यक्तिगत पुरुष रिर्कभको र्‍याङकिङ राउन्डको ७० मिटर दूरीमा नेपालका प्रकाश गुरुङले ७ सय २० पूणर्ङकमा ५ सय ३२ अंक जोडे । सोही स्पर्धाको महिलामा नेपालकी कृष्णामाया स्याङतानले ७ सय २० अंकमा ४ सय ८४ को प्रदर्शन गरिन् । अब इलिमिनेसन राउन्डमा आइतबार प्रकाशले मंगोलिया तथा कृष्णाले स्लोभाकियाका खेलाडीसंग प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै फेन्सिङको महिला इपी स्पर्धामा नेपालकी राखी शर्मा पनि पराजित भइन् । पुरुषमा नेपालका सन्जिप लामाले फोइल स्पर्धामा सोमबार खेल्ने छन् ।

 

 

प्रतियोगितामा विभिन्न १ सय ४६ राष्ट्रका करिब १ हजार ३ सय खेलाडी सहभागी छन् । युनिभर्सियाडको इतिहासमा राष्ट्र र खेलाडी सहभागीको संख्या अहिलेसम्मकै उच्च हो ।

 

नेपालले विभिन्न ७ खेलमा १९ खेलाडीलाई सहभागी गराएको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिंह बोहराले जनाएका छन् । नेपालले लनटेनिस, आर्चरी, फेन्सिङसहित टेबलटेनिस, तेक्वान्दो, पौडी र ब्याडमिन्टनमा खेलाडी सहभागी गराएको टोली नेता एवं विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी (टेकराज) ले जनाएका छन् ।

 

सबैभन्दा कम लनटेनिसमा १, आर्चरी, फेन्सिङ, ब्याडमिन्टन र पौडीमा २-२, टेबलटेनिसमा सबै भन्दा बढी ७ तथा तेक्वान्दोमा ३ गरी १९ खेलाडी सहभागी छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...