Advertisement
SKIP THIS

सशक्त दलित एकता समाजको वार्षिक समिक्षा तथा चियापान कार्यक्रम जनवरी २६ मा हुने


कोरियाली पर्व सलनालको अवसर पारेर सशक्त दलित एकता समाज दक्षिण कोरियाले यसै महिना(जनवरी)को २६ तारीख आइतबारका दिन बार्षिक समिक्षा तथा चियापान कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रम सउलको जोङ्गाग स्थित दुर्गा रेस्टुरेन्टमा हुने जनकारी संस्थाको महासचिव अर्जुन परियारले दिएका हुन् । रोजगारी, शिक्षा तथा अन्य सिलसिलामा कोरिया आएका दलित समुदाय एकीकृत भइ नेपाली समाजमा विद्यमान सामाजिक विभेद निर्मुल पार्ने र समतामूलक समाज निर्माणगर्ने लक्ष्य बोकी जातीय “छुवाछूत तथा विभेद विरुद्धको अभियान” भन्ने मुल नाराका साथ गत बर्षको फेब्रुअरी महिनामा सशक्त दलित एकता समाज दक्षिण कोरिया नामक संस्था गठन भएको थियो ।

गठन भए पश्चात् संस्थाले दुखी पीडित हरुलाई सहयोग गर्दै, नेपालमा घट्ने जातीय छुवाछूत जस्तो घृणित कार्य गर्ने तथा विभिन्न सामाजिक संजाल, मिडियाहरुमा विभेद जन्य अभिव्यक्ति दिने र जातीय आधारमा दलित समुदाय प्रती उपहास गर्ने विरुद्ध संस्था कडा रुपमा प्रस्तुत हुदै आएको र आगामी दिनमा पनि यस्ता कुकार्य विरुद्ध खरो रुपमा उत्रने महासचिव परियारले बताए ।

“वर्तमान एकाइसौं शताब्दीमा पनि ढुंगे युगको जस्तो चेतना बोक्ने र एउटा मानवले अर्को मानवलाई पशुतुल्य व्यवहार गर्ने जोसुकै भएपनि प्रतिकारमा उत्रन र देश विदेश जहाँ जस्तो अवस्थामा भएपनि आफ्नो स्थान बाट विभेद विरुद्ध आवाज दिदै संगठित हुनकालागि सम्पुर्ण दलित समुदायका बुबा आमा, दाजुभाइ तथा दिदिबहिनीहरुमा संस्थाको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।” परियारले भने ।

साथै संस्थाको वार्षिक कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण दलित समुदायका दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिका लागि समेत अनुरोध गरेको छ ।

कार्यक्रमको थप जानकारी
मिति – 2020 जनवरी 26 आइतबार
स्थान – दुर्गा रेस्टुरेन्ट 종각 역 4 नम्बर गेटबाट नजिकै
समय – बिहान 11 बजे बाट सुरु
सम्पर्क – 01068570818/ 01089703511

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...