Advertisement
SKIP THIS

सलनालमा गरिने संखुवासभा डान्सपार्टिको तैयारी अन्तिम चरणमा


खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले कोरियन नयाँबर्ष सलनालको अवसरमा गर्ने डान्सपार्टीको तैयार अन्तिम चरणमा रहेको जानकारी गराएको छ। सलनालको दोश्रो दिन जनवरी २५ मा दोङ्देमुन स्थित 성동 나이트 클럽 हलमा कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम हल सौल मेट्रोको ३ र ६ नं. लाइनको 신당 स्टेशनको १ र १२ नम्बर गेट अगाडि रहेको छ। डान्सपार्टिमा साँझ ७ बजेदेखी बिहान ६ बजेसम्म निरन्तर गीत संगीतमा झुम्न सकिने आयोजकले जनाएको छ।

संखुवासभा जिल्लामा रहेका गरिव, जेहेन्दार, पिछडिएका वर्ग अल्पसंख्यक एवं दुर्गम क्षेत्रका बिध्यार्थीहरुको शैक्षिक स्तर उकास्न कोषको स्थापना गरी प्रत्येक वर्ष छात्रवृत्ति बितरण गर्दै आइरहेकोछ। हाल कोषमा पर्याप्त रकम अभावले चाहेजति कार्य गर्न नसकिरहेको अवस्थामा यस कार्यक्रमले केही मद्दत पुग्ने संस्थाका अध्यक्ष श्यामकुमार श्रेष्ठले बताएका छन्।
 
कार्यक्रम सफलतापूर्वक समपन्न गर्नको लागि कोरियामा रहेका संघसंस्थाहरुबाट सहयोगको अपेक्षा समेत गरिएको छ र संखुवासभा जिल्लाबासी मित्रहरुलाई एकजुट भई सहकार्यको लागी आयोजकले आव्हान गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...