Advertisement
SKIP THIS

मुस्ताइ० परिवार कोरियाले २४ जनवरीमा ल्होसार डान्स पार्टी गर्ने


मुस्ताङ परिवार दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर यही २४ जनवरी २०२० मा कोरियाको राजधानी सउलस्थित छियोङ्न्याङी सिदेकोरिया (CHEONGNYANGNI 시대코리아) हलमा “लोसार डान्स पार्टी” आयोजना गर्ने भएको छ ।

मुस्ताङ जिल्लाको दुर्गम भेगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ को “लोसार डान्स पार्टी” आयोजना गर्न गईरहेको जानकारी गराउँदै प्रवेश शुल्क स्वरुप २०,०००/- वोन तोकिएको र ५०,०००/- वोन भन्दा माथि सहयोग गर्ने सहयोगीहरुलाई टिकटसँगै हलभित्र खाजा सेट उपलब्ध गराइने मुस्ताङ परिवारका अध्यक्ष छिरिङ गुरुङले बताए । संस्थाका उपाध्यक्ष पेमा गुरुङ थप्छन्-सन् २००१ मा स्थापित यस संस्थाले विभिन्न संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको छ, यसअघि २००९ आयोजना गरिएको डान्सपार्टी कार्यक्रममा जस्तै यो पटक पनि उल्लेखनीय सहभागिता हुनेमा विश्वस्त छौं ।”

उक्त “सलनाल डान्स पार्टी” को लागी नेपालबाट चर्चित डिजे सुस्मिता महर्जन (DJ NANI) र भर्सटायल गायक विनोद बानियाँ आउने भएका छन् साथमा कोरियाभरि नै एकछत्र निरन्तर लोकप्रियता कमाईरहेका पुरानो डिजे DJ C Man सहितको प्रस्तुतिले यो डान्स पार्टी अहिलेसम्म कै पृथक र धमाकेदार हुनेमा आयोजकले दावी गरेको छ । यस संस्थाले विविध क्षेत्रमा विशुद्ध सामाजिक सेवा गर्दै आइरहेको परिप्रेक्ष्यमा आयोजना गर्न लागिएको “लोसार डान्स पार्टी” कार्यक्रममा सहभागी भई मनोरन्जन सँगै पुण्य कमाउनुहुन  कोरिया स्थित विभिन्न संघ-संस्थाहरु, विविध पेशा, व्यवसायमा आबद्व तथा ईपिएस मार्फत विभिन्न कार्यमा संलग्न नेपाली दाजुभाई, दिदीबहिनी, विधार्थी, पत्रकार तथा बुद्धिजीवी लगायत सम्पूर्ण महानुभावहरुमा मुस्ताङ परिवार दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम  बेलुका ०९:०० बजेदेखि शुरु हुने र दोङ्देमुन यक गेट नम्बर ३/४ बाट दुई वटा निःशुल्क बसको व्यवस्था गरिने भएको छ । ट्याक्सीबाट हलसम्म पुग्नको लागि 동대문 구전농동 622-1 성오로 옆시대 코리아 빌딩 지하 1 층 ठेगाना रहेको छ । अन्य विविध जानकारीका लागी कार्यक्रम पोष्टर हेर्नुहुन र उक्त दिन कुनै अन्य संस्था वा समूहले कार्यक्रम नजुधाईदिनु हुन पनि संस्थाले हार्दिक अपिल गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...