Advertisement
SKIP THIS

पदम दुमी राईको नेतृत्वमा किरात राई यायोक्खा दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन


किरात राई यायोक्क्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सम्पन्न भएको छ। आज जनवरी ५ तारीख आइतबारकाे दिन सम्पन्न अधिवेशनबाट सर्वसहमतिमा पदम (दुमी) राईको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएका छन्।

सन् २००१ मा स्थापना भएको कोरियाको पुरानो संस्था किरायाको अधिवेशनले बरिष्ठ उपाध्यक्षमा पुरण याम्फु राई,उपाध्यक्षमा जीवन पुमा राई र महाससचिवमा जिवन राईलाई चयन गरेको छ भने सचिवमा युवराज राई र छत्र ब. राई रहेका छन्। यसैगरी कोषाध्यक्षमा दुर्गाकला राई सहकोषाध्यक्षमा रोशन राई चयन गरिएको छ भने सदस्यहरुमा युवराज राई, जुनल राई,श्रीधन राई, मनिसा राई, सुब्बा राई, अर्जुन साङ्पाङ, बिशन राई रहेका छन्। अन्य सदस्यहरुमा रविन कुमार बान्तावा,राजु राई, मौसम राई,सुष्मा रानाहँमा, दिपा मेवाहाङ राई र पारु राई चयन गरिएको छ।

किरात राई यायोक्खा दक्षिण कोरियाका संरक्षक ध्यान राईको संयोजकत्व रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमितिलाई सर्वसम्मतिबाट चयन गरेको हो। साथै यायोक्खा कोरियाका संस्थापक सेसाहांग राई र निवर्तमान अध्यक्ष बालकृष्ण राईले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

नेपालबाट कोरियामा आएर विभिन्न क्षेत्र व्यावसाय,अध्यायन तथा रोजगारीमा शिलशिलामा रहनुहुने किरात दाजुभाई तथा दिदीबहिनीहरुलाई एक बनाई सुख दु:ख साटासाट गर्दै आफ्नो मौलिक संस्कृति संरक्षण र प्रबर्द्धन गर्दै आइरहेको छ। सोही उद्देश्यले किरात राई यायोक्खा दक्षिण कोरियाले हरेक वर्ष उधौलि र उभौलिमा साकेला सिली र नाच प्रदर्शन गर्नुका साथै विभिन्न सामाजिक कार्यक्रमपनि गर्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...