काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी


सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै आएको एनसिसिमा धेरै नेतृत्वहरुले योगदान गर्दै आएका छन्। १७ औं महाधिबेशनबाट नयाँ नेतृत्व पनि आइसकेको अवस्थाछ।
सन २०१५ देखि १५ औ कार्यसमितिको उपाध्यक्षबाट नेपाली सम्पर्क समितिको नेतृत्व तहमा प्रबेश गरेको अन्जु केसि एक सफल महिला नेतृको रुपमा कोरिया भरि परिचित छन्। १६ औ कार्यसमितिमा भारि मत सहित अध्यक्ष पदमा बिजयी हासिल गरे पछि उनको शाहसी पुर्ण कार्यले उनलाई झन अगाडी बढाइरहेको थियो ।
जब उनी १५ औं कार्य समितिमा मतको आधारमा बरिष्ठ उपाध्यक्षमा चयन भए। तब देखि उनी सामाजिक कार्यमा सक्रिय बने, निरन्तर लागी परे, सफलता प्राप्त गर्दै गए र चर्चा पनि बटुल्दै गए। बिशेष गरेर कोरियामा कार्यरत मजदुरहरुको दुख पिर मर्कामा साथ दिन पुगे, अस्पतालमा भएका बिरामीहरुलाई निरन्तर भेट्न पुगे,कतिपय बिरामीहरुलाई सहयोग रकम संकलन गरेर सहयोग गरे। यस कार्यको कोरियाबासी नेपालीले खुबै प्रशंसा गरे।कोरियाको हरेक क्षेत्र सम्म अति ब्यस्त समयको बावजुद पनि समय निकालेर पुग्न थाले।बुसान, किमे मोक्पो लगायतका क्षेत्रमा समेत उनी पुगे।कतिपय नेपालीहरुलाई साहुहरुले कम्पनि बाट निकाली दिन्थे। अन्जु केसिलाई सहयोग माग्ने ति नेपालीहरुलाई अन्जु केसिले आफुले सकेको सहयोग गरे। सेल्टर खोजीदिने, काम खोजीदिने,भाषा उल्था गरिदिने, बिरामी भए अस्पताल लैजाने,पुर्याउने, कानुनी समस्या भएमा एमटियु अध्यक्ष उदय राई संग सहयोग मागेर कानुनी रुपमा सहयोग गरेका थिए। कतिपय अवस्थामा अन्य नजिकका संस्था,ब्यक्ति र नेपाली दुताबास कोरियालाई सहयोग मागेर पनि आपत बिपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्दै आएका थिए।
१६औं कार्यकालको लागि अध्यक्षमा भारि मतले जिते पछि नेपाली सम्पर्क समिति जस्तो सबै भन्दा पुरानो ठुलो साझा संस्थाको नेतृत्व गर्ने पहिलो नेपाली महिला अन्जु केसि बने। संस्थागत र राजनितिक ज्ञानमा केहि कमि भएता पनि संस्था संचालन गर्ने नेतृत्वकला सिक्दै थिए। जे जति सिप क्षमता ज्ञान कला छ त्यसलाई उपयोग गर्दै गए। मनै देखि आएको सहयोगी भावना र केहि गर्नै पर्छ भन्ने अठोटले उनलाई थप कार्यहरु गर्ने इच्छा शक्तिहरु मिल्दै गए। यीनै बलियो इच्छा शक्तिका कारण उनलाइ साथ सहयोग गर्ने सयौं मनहरु एक साथ भए। कयौ उदाहरणिय कार्य गरेर देखाए।
एनसिसिको १५औ कार्यसमितिको पाला देखि नेपाल आदिवासी जनजाति महासंघ नेपाली सम्पर्क समिति संग रुष्टिएको थियो। २०१६ को चुसकमा जनजाति महासंघ अन्तरगतका जातिय संस्थाले सांस्कृतिक कार्यक्रम गर्न अनुमति नपाए पछि महासंघ एनसिसि संग टाढिएको थियो। यो चिसो सम्बन्ध लाई समेत अन्जु केसि नेतृत्वको १६ औ कार्य समितिले उनीहरुको मागलाई सम्बोधन गरि मिलान गरेको थियो। यस पछि संगै कार्यक्रम बाडफाड गर्ने गर्छन्। यसमा पनि केसिको बिशेष भुमिका सहित उनि सफल भएको मानिन्छ।


नेपाली सम्पर्क समितिको १५ औं कार्य समितिका अध्यक्षले एनसिसिलाई बुझबुझारत गर्न पर्ने बाकि रकम पटक पटक ताकेता गर्दा पनि नबुझाए पछि हिम्मतका साथ प्रेश बिज्ञप्ती निकालेर सार्बजनिक गरेको थियो। प्रेश बिज्ञप्ती अनुसार १२२००००० वन पुर्ब अध्यक्षले समितिलाइ बुझाउन अझै सम्म पनि बाकी रहेकोछ।
अर्को महत्वपुर्ण कार्य भनेको प्रवासी भुमी कोरियामा नेपाली हरुको दुख शुखमामा साथ दिदै आएको संस्था नेपाली सम्पर्क समितिले स्थापना भएको २५औ बर्षको रजत जयन्ती मनाएको थियो। उक्त रजत जयन्तीमा नेपाली सम्पर्क समितिका पूर्ब अध्यक्ष र अन्य पदाधिकारीहरु करिब १ दर्जन अतिथिहरु नेपाल देखि बोलाएर एक भब्य कार्यक्रमका बिचमा रजत जयन्ती मनाएको थियो। यसै अवसरमा एनसिसिले नेपाली सन्देश नामक एक स्मारिका पनि प्रकाशन गरेको थियो। सो स्मारिका प्रकाशन समितिको संयोजक पनि अन्जु केसि रहेका थिए। खर्च र ब्यवस्थापनका हिसावले पनि निकै गाह्रो महसुस गरिएको कार्यक्रम भब्यताका साथ सफल भएको थियो। यी कार्यक्रम गर्दा पनि कयौ भ्रम र अवरोध गर्ने कार्यहरु भए ति सबै समस्यालाई चिरेर कार्यक्रम सफल भएर नै छाड्यो।


कोरिया र जापान माइग्रेन्ट एक्सचेन्ज प्रोग्राममा एनसिसि कोरिया नेपालीको प्रतिनिधित्व गर्दै सहभागी
टोयोटा फाउन्डेसन जापानको सहयोगमा जापान कोरिया माइग्रेन्ट एक्सचेन्ज प्रोग्राम बिगत २ बर्ष देखि चलेको थियो। बिशेष गरेर जापानमा बस्ने बिभिन्न देशका आप्रवासी नागरिक र कोरियामा बस्ने पनि बिभिन्न देशका आप्रवासी नागरिकहरुका समस्या र ति समस्यालाई के कसरी समाधान गर्न सकिन्छ भनेर अध्ययन, अनुभव सातासात गर्ने अन्तरक्रिया गर्ने मुख्य उदेश्य प्रोग्रामको थियो।
कोरियामा बस्ने ६ वटा देशका आप्रबासीहरुको माइग्रेन्ट संस्था र जापानमा बस्ने पनि ६ वटै देशका आप्रवासीहरुको संस्थाहरुलाइ छनौट गरि प्रोग्राम संचालन गरिएको थियो। कोरियामा बस्ने आप्रबासी मध्ये नेपाल, म्यानमार, भियतनाम, मंगोल, फिलीपिन्स, र जापानका पनि सोहि देशका प्रतिनिधि छानिएको थियो। नेपाल बाट कोरियामा स्थापना भएको पुरानो संस्था नेपाली सम्पर्क समितिले प्रतिनिधित्व गरेको थियो भने प्रतिनिधिमा नेपाली सम्पर्क समितिका संरक्षक केपि सिटौला र अध्यक्ष अञ्जु केसि सहभागी भएका थिए। जापान देखि कोरियामा आई कोरियामा भएका ६ देशका आप्रवासीहरु संगको गतिबिधि, उनीहरुको बसाइ अनुभव, आप्रबासी सम्बन्धि कोरिया सरकार र जापान सरकारले गरेका नितिगत कुरा मल्टिकल्चर बिबिध बिषयमा अन्तरक्रिया अध्ययन भ्रमण भएको थियो। कोरियाबाट नेपाली प्रतिमण्डलमा केपि सिटौला जापान गएका थिए।


सांस्कृतिक कार्यक्रम बाडफाडलाई निरन्तरता
नेपाली सम्पर्क समितिले २००९ देखि कोरियामा रहेका संघ संस्थाले पालैपालो मिलेर सांस्कृतिक कार्यक्रम आयोजना गर्नलागी एक नियमावलि अर्थात सहमति पत्र बनाइ कार्यान्वयन गरेको थियो। सोहि बमोजिम १६ औ कार्य समितिले पनि उक्त बाडफाड कार्यलाइ निरन्तरता दिएको थियो। जस अनुसार २०१७ को चुसकका देखि २०२० सलनालका लागि समेत ६ पटक सांस्कृतिक कार्यक्रम बाडफाड गरि २१ संस्थाले सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए।
नेपाली सम्पर्क समिति कोरियाले बुसान एरियामा महिला सेल्टर संचालन गर्नको लागि एन सि सि बुसान शाखालाई २० लाख वन सहयोग गरेको थियो तर सेल्टर स्थापना गरेता पनि दिर्घकालिन रुपमा भने चल्न सकेन।
नेपाली सम्पर्क समितिले अन्तराष्ट्रिय आप्रवासी दिवसको अवसरमा कोरियन २५ जना डाक्टरहरुको सहयोगमा सोल जोङगाकमा एक स्वास्थ्य शिबिर पनि संचालन गरेको थियो। १५० जना बढिले स्वास्थ्य लाभ लिएका थिए।


अर्को महत्वपुर्ण कार्य भनेको बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश बिश्वभरि फैलाउन कार्य गरेको छ।कोरियाको योङगिन शहरमा रहेको पर्यटकिय गुम्बा वाउछङसा गुम्वामा नेपाल देखि करिब ६०० केजीको तामा धातुबाट बनेको नेपाली कला र शैली झल्किने बुद्धको मुर्ति खरिद गरेर ल्याइ प्रतिस्थापन गरेको थियो। कोरियामा रहेका नेपाली सम्पर्क समिति कोरियाको संयोजन, नेपाल बौद्द परिवारको सहकार्यता तथा नेपाली दुताबास कोरियाको संरक्षकत्वमा बुद्द प्रतिमा स्थापना अभियान संचालन गरि गत बर्ष २०१८ मे २० तारिख बुद्द प्रतिमा स्थापना गरिएको थियो। २०१८ को बुद्द जयन्तीको अवसरमा नेपाल देखि ल्याइएको बुद्ध मुर्तिको बिशाल जनमानसका बीच सौलमा प्ररिक्रमा गराई वाउछङसा गुम्बामा प्रतिस्थापन गएिको हो। कोरियामा रहेका नेपाली समुदायको करिब ५ करोड २० लाख वन सहयोग र वाउछङसा गुम्वाले सानो नेपाली बौद्ध स्तुपा बनाइ सहयोग गरेको थियो।
यदपि यस्तो पबित्र अभियानमा दिनरात नभनि दुख गर्ने अभियन्ता र अभियानलाई नै असहयोग गर्ने, बिरोध गर्ने, भ्रम श्रृजना गर्ने, गलत समाचार निकाल्ने अनेक हर्कत गरे तर पनि यी सबै अवरोधलाई चिर्दै अगाडी बढेर अभियान सफल बनाएर नै छोडे। कहिले मान्छे लिदैं छन्। कहिले मुर्ति खरिदमा घोटला अनेक लाल्छाना लगाएर समाचार लेख्ने फेसबुक स्टाटस लेख्ने अनेक गरे। बरु रकमले पुगेन भने घडेरी बेचेर भए पनि अभियान पुरा गर्छु भन्ने बाचा गरेका थिए केसिले । अञ्जु केसि आफैले १० लाख वन बुद्ध अभियानमा हालेका थिए भने एनसिसिले बोलेको रकम २० लाख वन पनि अञ्जु केसिले ऋण स्वरुपको रकम हालेका थिए।


अन्जु केसिकै पालामा २६ बर्ष लामो इतिहास बनाएको संस्था एनसिसिलाई कोरियाली सरकारमा दर्ता गरि बैधानिकता दिएकोछ।
कोरियामा बस्ने अबैधानिकको अवस्था, समस्या के छ भनेर अञ्जु केसिलाई केहि महिना अगाडि इमिग्रेशनकै अधिकारीहरु र प्राध्यापकहरुले अन्तरबार्ता पनि लिएका थिए। तर अचानक पक्राउ परेपछि तिनै अन्तरबार्ता लिने अधिकारीहरु ह्वासाङमा रहेको हिरासत गृहमा भेट्न गएका थिए र सोधेका थिए। अञ्जु तिम्रो इच्छा के छ, अञ्जुले भनिन् मेरा बृद्ध बाबा आमालाई कोरिया घुमाउने चाहाना छ। भने पछि तुरुन्तै भिजा लगाई दिएर बा अामालाइ काेरिया  घुमाउने अवसर मिलेको थियो।
उनको तितो अनुभवमा भिषा नभएकै कारण २।२ पटक प्रहरीको निगरानीमा थिए। कसैको उजुरीमा कोरियाली प्रहरीले पक्राउ गरि इमिग्रेशनमा बुझाएको थियो। करिब २०।२२ दिनको हिरासत बसाइ पछि केहि रकम डिपोजिट राखेर सर्त सहित रिहाइ भएका थिए। उक्त सतर्का कारण यहि आउने जनवरि ३ तारिख नेपाल जादैछन्।
करिब २ दशकको कोरिया बसाईलाई बिट मार्दै नेपाल जाने बेला केसि भन्छन् “कोरियाले मेहेनत गर्न सिकायो,लगनसिल बन्न सिकायो, यहाँको संस्कार र समयलाई चिन्न सिकायो। अव नेपाल गएर समाजसेवाको साथमा केहि सानो तिनो व्यवसाय पनि गर्नेछु। कोरियामा बस्दा जानि नजानी सकि नसकी जे जति समाजसेवा गर्ने मौका पाए त्यसमा धेरै खुशी छु, सामाजिक कामको बेला केहि कमिकम्जोरी हुन सक्छन् त्यसलाई क्षमा दिनु होला। कयौ आलोचकहरुले मलाइ सहि बाटोमा हिड्नको लागि घच्घचाए, उनीहरुलाई पनि धन्यबाद दिन चाहान्छु। मलाई सामाजिक कार्य गर्नमा बिशेष सहयोग गर्ने सम्पुर्ण संघ संस्था, नेपाली दुताबास, समाजसेबि सबैलाई बिशेष धन्यबाद दिन चाहान्छु ।”

जाने बेलामा आफ्नो कार्यकाल सकेर १७ औ अधिबेश गत डिसेम्बर २९ तारिख सम्पन्न गरि जिम्मेवारी हस्तान्तरण गरेका छन्। अधिबेशनकै दिन दर्जनौ संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरुले बिदाइ तथा सम्मान पनि गरेका थिए। छोटो समय करिब ४ बर्षको अवधिमा दक्षिण कोरियामा उल्लेखनिय कार्य गरेर सबै नेपालीहरुको मन मष्टिस्कमा रहन सफल भएका छन्। आगामी दिनमा पनि अझै यस्तै सामाजिक कार्यहरु देख्न पाईयोस।
शुभकामना सहित शुभयात्रा।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...