Advertisement
SKIP THIS

ईपीएस सुधार गर्न कोरियालाई सुझाब


डम्बर सुब्बा

संयुक्त राष्ट मानव अधिकार परिषदले ईपीएस र कोरियन नागरिकसंग विवाह गर्ने विदशी नागरिक माथी गरिने भेदभावमा सुधार गर्न कोरिया सरकारलाई सुझाव दिएको छ ।

 

विदेशी मजदुरहरुलाई सहयोग गर्ने विभिन्न संघसंस्थाहरुले गत २ तारिख सिओलको राष्टिय मानव अधिकार आयोगको पारिसरमा पत्रकार सम्मेलन गरि संयुक्त राष्ट संघका एक टोलीलेकोरियाको विषेश भ्रमणमा रहदा तयार पारेको प्रतिवेदनलाई सार्वजनिक गर्देगर्दे सो प्रतिवेदनमा सहमती जनाउदै कोरिया सरकारले विदेशी मजदुरहरुलाई गर्ने व्यवहार प्रति आपत्ती जनाएका थिए ।

 

सो प्रतिवेदनमा विदेशी मजदुरहरुलाई कंम्पनी सर्ने पाउने अधिकारबाट प्रतिबन्द लगाएउने ईपीएसको नितीमा सुधार गर्दे विदेशी मजदुरहरुमा पूर्णरुपमा कोरियाको श्रमिक निती लागु गर्न सिफारिस गरेको छ ।

 

त्यस्तै कृषि तथा पशुपालन र माछा पालन फर्महरमा कार्यरत विदेशी मजदुरलाई कोरियन मजदुर सरह ओभर टाईमको र बोनस उपलब्ध गराई भेदभावको अन्त गर्न माग गरेको छ ।

 

प्रतिवेदनमा कोरियन नागरिकसंग विवाह गर्ने आप्रावासीहरुलाई कोरियन नागरिकसंग अलग बस्दा वा छोडपत्र गर्दा सुरक्षित साथ कोरियामा बसोबास गर्न पाउने अधिकार दिनुपर्ने र विदेशी महिलाहरु हिंसात्म पिडामा परेको अवस्थामा आफनो अधिकार सुनिश्चितको लागी कानुनी प्रक्रिया अघि बढाउन पाउनेअधिकार प्रदान गर्नु पर्ने विषयहरु उल्लेखित रहेको छ ।

 

पत्रकार सम्मेलनमा कोरिया सरकारले बैदशीक रोजगार प्रणाली ईपीएस लागु गरि विदेशी मजदुरहर माथी जर्वजस्ती श्रम गर्न र श्रम शोषण गरि रहेको बताउदै ईपीएसको बिषमय बुंदाहरुको कारण विदेशी मजदुरहरुको अधिकार हनन भई रहेको हुनाले यो नितीको सुधार हुनु पर्नेमा जोड दिएका थिए ।

 

प्रवासी मजदुर युनिय एमटियुका अध्यक्ष उदय राईले संयुक्त राष्ट संघले आप्रावासीहरुको मानवअधिकार सुधारको लागी धेरै पटक सुझाव दिए पनि समस्याहरु लगातार भई रहेको बताउदै विदेशी मजदुरहरुले कंम्पनी रोजेर सर्न पाउनुपर्ने स्वतन्त्र दिई अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।-नेपाली कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...