Advertisement
SKIP THIS

कोरियामा तमू ल्होसार कार्यक्रमको तयारी पूरा, थेगू र किम्हेबाट नि:शुल्क बस सुविधा ।


अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingston Dongdaemun मा मनाउने भएको हो । यो तमू ल्होसार केन्द्रीय समितिको आयोजना र संस्थाका थेगु शाखा र ख्यङ्साङ्नाम्दो शाखाको संयुक्त सह-आयोजनामा एकै थलोमा कार्यक्रम आयोजना गरिने भएको छ । तमू धीं दक्षिण कोरियाले विगतमा झैं यो वर्ष पनि फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो । तमू धींले यसपटकको कार्यक्रममा नेपालबाट चर्चित राष्ट्रिय कलाकार ल्याउने भएको छ । जसमा गीत रचनाकार, संगीतकार, नायक र आफैंमा कुशल गायक मनोज गुरुङ र नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित गायिका इन्द्रा गुरुङ आउने भएका हुन् । सो कार्यक्रममा आवत जावतमा थप सहजताका लागि तमूहरुको बाक्लो बसोबास रहेको र संस्थाको शाखा विस्तार भईसकेको कोरियाको दक्षिणी थेगु र बुसान क्षेत्रबाट नि:शुल्क बसको व्यवस्था गरिएको र तपसिलमा उल्लेखित नम्बरमा सम्पर्क गरि आफ्नो सीट सुनिश्चित गर्नुहुन आयोजकले आयोजकले आग्रह गरेको छ ।

नि:शुल्क बसको लागी ————————

थेगु तर्फ सम्पर्क नम्बर : तमू धीं थेगु शाखा अध्यक्ष हर्क गुरुङ 010-4543-8944

ख्यङ्साङ्नाम्दो/बुसान सम्पर्क नम्बर : तमू धीं ख्यङ्साङ्नाम्दो/बुसान शाखा अध्यक्ष, अनिस गुरुङ 010-2490-6139

उक्त दिन वर्ग (ल्हो) जाने र आउने तमू व्यक्तिहरुलाई मौलिक परम्परा अनुसार रुपा लगाई स्याई-स्याई गरिने र तमू (गुरुङ)को मौलिक बाजागाजा सहित छैंडु नाच, गुरुङ समुदायको लोपोन्मुख मारुनी नृत्य, कौरा नृत्य, स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति, हाँस्य प्रहशन र रमाईलो जमघट सँगै स्वादिष्ट नेपाली थुप्रै खानाको परिकारको व्यवस्था रहने आयोजकले जनाएको छ । कोरियामा रहेका सम्पूर्ण तमू (गुरुङ) एवं गैर तमू (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ-संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई हार्दिक निमन्त्रणा सहित सो कार्यक्रममा उपस्थित जनाई “तमू (गुरुङ) च्यु-ल्होसार २०७६” कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन तमू धीं दक्षिण कोरियाले हार्दिक अनुरोध समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...