Advertisement
SKIP THIS

चुम्लुङ बुसान र डिएसएमई याक्थुङ सयङ गजेदोले संयुक्त रुपमा चासोक तङ्नाम मनायो


किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखा र डिएसएमई याक्थुङ सयङ गजेदोले डिसेम्बर २२ तारिख संयुक्त रुपमा चासोक तङनाम मनाएको छ। तङनाम विशेष कार्यक्रम किम्हे स्थित गाया युनिभर्सिटिको हलमा भब्यताका साथ मनाइएको थियो। कार्यक्रममा नेपालबाट आएका कलाकारद्वय यादन सेर्मा र डिल्ली फोम्बोको साँस्कृतिक एवम सांगीतिक प्रस्तुतिमा दर्शकहरु आनन्दले झुमेका थिए। गायक द्वयले आफ्ना आधा दर्जन बढी लिम्बू तथा नेपाली गीतहरुमा दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए। गीत संगीतका साथमा लिम्बू मौलिक परिकारहरु समेत ग्रहण गर्दै दर्शकहरु नाच्नमा ब्यस्त देखिन्थे।

याक्थुङ सयङ गजेदोका अध्यक्ष एवम कार्यक्रमका सेवा साबा चित्र आङ्देम्बेले चासोक/न्वागी पूजा गरेपछी सुरु भएको कार्यक्रममा चुम्लुङ केन्द्रको तर्फबाट आकर्षक केलाङ प्रस्तुत गरेका थिए। यसैगरी चुम्लुङ बुसानले पनि केलाङ साथै साँस्कृतिक नृत्यहरु राखेका थिए। कोरियामै रहेका कलाकारहरु प्रदिप कन्दङ्वा, ललित लिङ्दम, अर्जुन सुब्बा र उमेश मेवाहाङले पनि आ आफ्नो गायन प्रस्तुति राखेका थिए।

चुम्लुङ बुसानका सल्लाहकार वियोगी काइलाले चासोक तङनामको परिचय साथै महत्त्वपनि बुझाएका थिए भने सदस्य संजोक कन्दङ्वाले स्वागत मन्तव्य राखेका थिए। चुम्लुङ बुसान कोरियाका अध्यक्ष किरण कन्दङ्वाको सभापतित्व र चुम्लुङ कोरियाका अध्यक्ष अग्नि लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न तङनाम विशेष कार्यक्रममा विशेष अतिथिहरु गैर आवासिय नेपाली संघका अध्यक्ष यज्ञ सुवेदी, नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाका अध्यक्ष मिलन सोजे राईले शुभकामना मन्तव्य राखेका थिए भने कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु एवम नेपालीहरुको व्यापक उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रम सुरेशसिंह सम्बाहाङ्फे र दोश्रो चरणको कार्यक्रम डम्बर सुब्बाले सञ्चालन गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...