प्रथम विश्वव्यापी लिम्बू भाषा कविता प्रतियोगितामा कवि पुष्पहाङ लोवा सर्वोत्कृष्ट
प्रथम विश्वव्यापी लिम्बू भाषा कविता प्रतियोगितामा लिम्बूभाषी युवा कवि पुष्पहाङ लोवा सर्वोत्कृष्ट भएका छन् ।
याक्थुङ लेखक संघ कोरियाको आयोजनामा सम्पन्न विश्वव्यापी लिम्बू भाषी कविता प्रतयोगितामा झापा दमकका युवा कवि लोवाको सुबाहा?रेन् तु येङ ओ(मुसाहरु को नालेशमा) शीर्षकको कविता सर्वोत्कृष्ट घोषित भएको हो ।
सो प्रतियोगिताको पुरस्कार राशि तीस हजार रुपैया रहेको छ ।
लिम्बुहरू को महान पर्व चासोक तङनामको अवसर पारेर आयोजना गरिएको कविता प्रतियोगितामा नेपाल सहित विश्वभरीका दुई दर्जन लिम्बू भाषी कविहरुको सहभागिता रहेको याक्थुङ लेखक संघ कोरियाका अध्यक्ष वियोगी काईलाले बताउनु भयो ।
अध्यक्ष काइलाका अनुसार लिम्बू भाषा साहित्यको प्रवर्द्धनका लागि यो कविता प्रतियोगिता आयोजना गरिएको हो । आगामी दिनमा समेत लिम्बू भाषा साहित्यको लागि आफ्नो अभियान निरन्तर रहने अध्यक्ष काइलाले बताएका छन् ।
प्रथम भएको कविता तल राखिएको छ।