Advertisement
SKIP THIS

एनआरएन कोरियाले राष्ट्रिय आविस्कार केन्द्रका लागी सहयोग अभियान संचालन गर्ने


नेपालको ग्रामीण क्षेत्रमा तार रहित संचार सेवाको सुरुवात गरेर रोमन म्यागासेसे पुरस्कार समेत जित्न सफल डा. महाबिर पुन केही समयदेखि एउटा महाअभियानमा जुटिरहेका छन् । नेपालका लागि आवस्यक प्रविधिहरु नेपालमै उत्पादन तथा आविस्कार गर्ने महान लक्ष्य लिएर अगाडि बढिरहेको पुनलाई सरकारी स्तरबाट कुनै सहयोग नपाए पछि फेरि सर्वसाधारण समक्ष सहयोगको अपिल गरेको छ ।

सहयोगको अपिल यस भन्दा अगाडि पनि गरेका थिए र विदेशमा रहेका धेरै प्रवासीहरुले सहयोग पनि गरेका थिए । यसपालि भने पुनले सहयोग ऋणको रुपमा मागेका छन् । तर विदेशमा रहेका नेपालीहरुले ऋणको रुपमा नभई फेरि सहयोगकै रुपमा अभियान नै संचालन गर्न सुरु गरेको छ । यस्तैमा दक्षिण कोरियामा पनि राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ अभियान संचालन गर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै अभियान संचालन गर्ने जनाएको हो । संथाको बरिस्ठ उपाध्यक्ष दिपक पुनको संयोजकत्वमा १७ सदस्यीय अभियान समिति समेत गठन गरेको छ । समितिमा एनआरएन कोरियाकै केहि पदाधिकारी, संघसंस्थाहरुको प्रतिनिधि र सामाजिक अभियानताहरुको प्रतिनिधित्व रहेको जनाएको छ । समितिमा आवश्यकता अनुसार अझै थप हुनसक्ने विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्र हितको महायज्ञमा समर्पित एक कर्मयोगीको मनोबल उच्च राख्दै सहयोग पुर्याउनु हामी सबैको दायित्व भएको हुँदा अभियान संचालन गर्न लागेको विज्ञप्तिमा उल्लेख छ ।

एनआरएन कोरियाले दक्षिण कोरियामा रहेका सम्पूर्ण संघ संस्था, नेपाली दाजुभाई; दिदि बहिनीहरुमा राष्ट्रिय आविष्कार केन्द्र संचालनका लागि संचालित यस आर्थिक सहयोग संकलन अभियान प्रति एकतावद्धता जनाइदिनु हुन बिज्ञप्ति मार्फत सम्पूर्णमा अनुरोध समेत गरेको छ ।

सहयोग पठाउने खाता नम्वर
KEB HANA BANK
259-910205-36605
NRNA (주한 네팔인 협회)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...