विश्वकर्मा समाज दक्षिण कोरियाको अधिवेशन जनवरी ५ मा हुने
सउल । विश्वकर्मा समाज दक्षिण कोरियाको प्रथम अधिवेशन जनवरी ५ मा हुने भएको छ । सुवन स्थित दुर्गा रेस्टुरेन्टमा हुने उक्त अधिवेशनको पुर्ण तयारी समेत भैसकेको समाजका सचिव रामकुमार बि.क ले जानकारी दिएका छन् ।
“बिभेद रहित समाजको परिकल्पना समानता सहित सम्बृद्ध नेपाल हाम्रो चाहाना” भन्ने मुल मन्त्र सहित २०१७ मा स्थपना भएको बिश्वकर्मा समाज दक्षीण कोरियाको स्थापना भएको हो । समाजले स्थापनाकालदेखि नै सामाजिक परिवर्तनका साथै अन्य सामाजिक सेवामूलक कार्यहरू पनि गर्दै आएको छ । उक्त अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गरिने संस्थाले जनाएको छ ।
साथै अधिवेशनबाट सकेसम्म सर्व सहमति बाटै नेतृत्व चयन गर्ने कोशिस रहने संस्थाका महासचिव घनश्याम विश्वकर्माले जनाएका छन् । “कोरियामा रहेका अरु सस्थाहरुलाई पनि सकारत्मक संदेश दिने गरि सहमतिमै नेतृत्व चयन हुनेमा म विश्वस्त छु ।” महासचिव विश्वकर्माले भने ।
परदेशमा रहेर पनि आफ्नो देश र समाजका लागि केही गर्ने उदेश्यले यस्तो कार्यक्रम गर्न लागेकोले कोरिया बासी विश्वकर्मा दाजुभाई तथा दिदिबैनीहरु लाई उपस्थीतका लागी संस्थाले अनुरोध गरेको छ ।