भक्तपुर समाजद्वारा शैक्षिक सामग्री वितरण
सीता खावाजु
भक्तपुर समाज दक्षिण कोरियाले भक्तपुर महामञ्जु नगरकोट न.पाको बागेश्वरीको श्री कृष्ण माबिका बिद्यार्थीहरुलाइ शैक्षिक राहत सामग्री वितरण गरेका छन्।
असार १६ गते भुकम्प संकटग्रस्त जिल्ला भक्तपुरको महामञ्जु श्री नगरकोट न.पा को बागेश्वरीको श्री कृष्ण माबि भवनमा आयोजित शैक्षिक राहत बितरण कार्यक्रममा ५५ बिध्यार्थिहरुलाइ राहत वितरण गरेका थिए।
कार्यक्रम प्रमुख संयोजक रमेश खावाजुले भुकम्प संकटग्रस्त भक्तपुर जिल्लाका ६ नगरपालिकाका विभिन्न बिद्यालयका २५०० बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्ने योजना अनुरुप महामञ्जु श्री नगरकोट न.पाको वागेश्वरी क्षेत्रमा वितरण गरेका हौँ l त्यसै गरि महामंजु श्री नगरकोट न.पा क्षेत्र उप कमिटि शैक्षिक सामग्री वितरण संयोजक तथा भक्तपुर समाज कोरियाका पुर्व उपाध्यक्ष दिनेश राज गिरी बिदेशमा रहेर आफ्नो जन्म थलो भक्तपुरको बिकाशमा सहयोग गरौँ भन्ने हाम्रो नारा अनुरुप यस कार्यक्रममा सहभागी तथा विद्यालयका सम्पूर्ण शिक्षक तथा शिक्षिकाहरुलाई धन्यबाद ब्यक्त गरे l
भुकम्प संकटग्रस्त भक्तपुर जिल्लाका करिब २५ सय बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्नको लागि भक्तपुर समाज कोरियाका अध्यक्ष रमेश गिरीको संयोजकत्वमा कोरियामा रकम संकलन गरेका थिए।