Advertisement
SKIP THIS

शेर्पा संघ कोरियाले थेगुमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन गर्ने


नेपालमा सफलताका साथ प्रदर्शन भैरहेको चलचित्र “छ माया छपक्कै” दक्षिण कोरियाको विभिन्न शहरहरुमा पनि अत्याधिक उत्साहजनक रुपमा प्रदर्शन भैरहेको छ । यसै क्रममा आगामी डिसेम्बर १ तारिखका दिन थेगु शहरमा पनि प्रदर्शन हुने भएको छ । आपतकालीन राहतकोष स्थापनार्थ शेर्पा संघ दक्षिण कोरियाद्वारा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

आगामी आइतबार दोङ्सान आर्ट हल थेगु स्टेसनमा हुने चलचित्र प्रदर्शनको सम्पुर्ण तयारी समेत पूरा भैसकेको जानकारी संघका अध्यक्ष आङ पासाङ शेर्पाले जानकारी दिएका छन् । साथै उक्त दिन दिउसो ११ देखी १ बजे सम्मा र साँढे १ बजे देखी ४ बजे सम्मा गरि २ शोमा फिल्म प्रदर्शन हुने जनाएको छ ।

कोरियामा रहेका नेपालीहरुलाई भैपरी आउन सक्ने आपतकालीन समस्याहरुमा सहयोग पुग्न सकियोस् भनेर आपतकालीन राहत कोष स्थापना गर्न लागेको जानकारी दिंदै थेगु क्षेत्रमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागी शेर्पाले अनुरोध गरेका छन् । “मनोरञ्जनको साथ साथै सामाजिक कार्यमा पनि सहयोग पुग्ने भएकालेे यसमा सबैले साथ र सहयोग गर्नुहुन हार्दिक गर्न चाहन्छु ।” शेर्पाले भने ।

यस अघि कोरियाकै राजधानी सउल, दोश्रो ठूलो शहर ख्यङसान/बुसानमा र थेगुमा पनि चलचित्र सफलता पुर्वक प्रदर्शन भैसकेको छ ।

दिप्रेन्द्र लामाको कथा र निर्देशनमा तथा रोहित अधिकारीको निर्माणमा बनेको यस चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, केदार प्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), स्वपुष्प भट्टा, बुध्दि तामाङ (हैट), प्रकाश घिमिरे, रमा थपालिया, शिशिर भडेल, अनुराघ कुवाँर, बिष्णु सापकोटा, सबिन बास्तोला, बसन्त भट्टा, शारदा गिरी, दिपक क्षेत्री, सुनिता गौतम, राजनी गुरूङ, कुमार गजुरेल, सन्देश लामिछाने, देव जोशी, प्रदिप न्यौपाने र भिम श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फोनमनीको एक करोड विजेता मिलनलाई नगद पुरस्कार हस्तान्तरण
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...