Advertisement
SKIP THIS

अमेरिका र दक्षिण कोरियालाई चुनौती दिदै उत्तर कोरियाले गर्‍यो सैन्य अभ्यास


उत्तर कोरियाली नेता किम जोङ उनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित पारासुट सैन्य अभ्यासको अवलोकन गरेका छन्। अमेरिका र दक्षिण कोरियाले कोरियाली द्वीपलाई नै आणविक निःशस्त्रीकरण गर्न कूटनीतिक वार्ता र संवाद गरिरहे पनि अमेरिकामाथि थप दबाब सिर्जना गर्न उत्तर कोरियाले हातहतियारको प्रदर्शन र सैन्य अभ्यासलाई निरन्तरता दिइरहेको छ।

आणविक कार्यक्रमबारे नयाँ छुट नहुँदासम्म अमेरिका र उत्तर कोरियाबीच शिखरवार्ताका लागि आफ्नो ‘चाहना नरहेको’ उत्तर कोरियाली अधिकारीले बताएको सरकारी समाचार संस्था (केसीएनए) ले सोमबार लेखेको छ। केसीएनएले नेता किम जोङ उनलाई उद्धृत गर्दै भनेको छ, ‘हामीलाई केही फाइदा नहुने वार्तामा बस्नु उत्तर कोरिया इच्छुक छैन।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किमलाई ‘चाँडै भेटौंला’ भन्दै ट्वीट गरेलगत्तै उत्तर कोरियाले सैन्य अभ्यास गरेको तस्वीर सार्वजनिक गरेको छ। राष्ट्रपति ट्रम्पले ट्वीटमा आणविक निःशस्त्रीकरण सम्बन्धी वार्तामा जतिसक्दो चाँडो सहमति भएको हेर्न चाहेको पनि बताएका छन्। बैंककमा आयोजित एशियाली रक्षामन्त्रीहरूको सम्मेलनका क्रममा अमेरिकी रक्षामन्त्री मार्क एस्परले आइतबार अमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध सामान्यीकरण गर्न र वार्ताको वातावरण बनाउन दक्षिण कोरिया–अमेरिका संयुक्त सैन्य अभ्यास स्थगित गरिएको जानकारी दिएका थियो।

उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्ता सहजीकरण गर्न संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी भनाइ छ। उत्तर कोरियाले आफ्नो मुलुकमाथि आक्रमण गर्ने नियोजित षडयन्त्रस्वरूप संयुक्त सैन्य अभ्यास गरिएको भन्दै विरोध गर्दै आएको थियो। उत्तर कोरियाले अमेरिकालाई यस वर्षको अन्त्यसम्म दुवै मुलुकलाई स्वीकार्य स्पष्ट योजनासहित अघि आउन आग्रह गर्दै आएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिंगापुरमा भएको पहिलो शिखर वार्तापछि अमेरिका र दक्षिण कोरियाले गत वर्ष पनि धेरैवटा संयुक्त सैन्य अभ्यास रद्द गरेका थिए। तर यसै महिनाको अन्त्यतिर संयुक्त हवाई अभ्यास गर्ने तयारी गरिएको थियो।

अमेरिकी रक्षामन्त्री एस्परले भने, ‘कोरियाली द्वीपमा शान्ति स्थापना गर्ने र उपयुक्त वातावरण निर्माण गर्ने उद्देश्यले यो मित्रवत् निर्णय गरिएको हो।’  थाइल्यान्डको राजधानी बैंककमा एशिया प्रशान्त क्षेत्रका रक्षामन्त्रीहरूको बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी रक्षामन्त्री एस्परले उत्तर कोरिया पनि वार्ताको टेबुलमा चाँडै आउने विश्वास व्यक्त गरेका थिए। उनले संयुक्त सैन्य अभ्यासमा गरिएको ढिलाइले दुवै मुलुकका कूटनीतिज्ञबीच जारी वार्ता फलदायी हुन सहज बनाउने बताए।

स्वीडेनमा गत अक्टोबरमा शुरु भएको दुवै मुलुकबीचको वार्ता एकाएक भंग भएको थियो। वार्तामा उत्तर कोरियाली प्रतिनिधिमण्डलले अमेरिकाबाट पुरानै प्रस्ताव आएको भन्दै असन्तोष प्रकट गरेका थिए। उत्तर कोरियाले तीन दिनको अन्तरालमा दुईवटा सैन्य अभ्यास गरेको प्रचार गरेको छ। शनिबार प्रकाशित एक रिपोर्टमा किमले लडाकु विमानका चालकलाई शत्रुका अखडामा जस्तोसुकै आक्रमणका लागि तयार रहन निर्देशन दिएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...