क्रस रेमिट्यान्स् र सोनसिकले छात्रबृद्धिका लागि अक्षय कोषको स्थापना


क्रस रेमिट्यान्स र नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले नेपालमा रहेका विद्यार्थीलाई छात्राबृद्धि दिनका लागि १० लाख वनको अक्षय कोष खडा गरेका छन् । आइतबार क्रस रेमिट्यान्सको केन्द्रीय कार्यलय सउलमा भएको एक कार्यक्रममा सो कुराको घोषणा गरिएको हो ।
क्रस रेमिन्ट्यान्सबाट नयाँ खाता प्रयोग कर्ताले सोनसिक कोर्ड प्रयोग गरेमा छात्राबृद्धिका लागि थप पाँचहजार वन र प्रत्येक चोटी आर्थिक कारोबार हुँदा थप एक हजार वन दिनेछ । सामाजिक उत्तरदायित्वका लागि यसरी छात्रबृद्धि स्थापना गरेको क्रस रिमिट्यान्सका धर्मराज गौतमले बताए । ‘हामीले आर्थिक फाइदाको पक्षलाई मात्र नहेरेर सामाजिक उत्तरदायित्वलाई पनि सोच्दै यस्तो काम गरेका हौ । यसले थोरै भए पनि नेपालका जेहेन्दार विद्यार्थीलाई सघाउनेछ ।’ उनले भने ।
सोनसिकका वरिष्ठ उपाध्यक्ष श्री सत्यालले पनि यसरी काम गर्न पाउँदा खुशी लागेको बताए । ‘हामीले छात्रबृद्धि दिने काम धेरै पहिले देखि गर्दै आएका छौ । यसरी अक्षय कोष नै खडा भए पछि गरिव तथा जेहेन्दार विद्यार्थीलाई नियमित छात्रबृद्धि दिन सक्छौ ।’
छात्रबृद्धि कोषलाई परादर्शी रुपमा संचालनको लागि नेपाल पत्रकार महासंघ, दक्षिण कोरिया शाखा संरक्षक संस्थाको रुपमा रहनेछ ।

विरेन्द्र कटुवाले परिवार काेरिया घुमाउन पाउने 
आइतबारै क्रस रेमिटले अघिल्लो तीन महिना भित्र पैसा पठाउने भाग्यमानी एक जनाको परिवारलाई कोरियामा घुमाउन पाउने विजेताको गोलाप्रथा मार्फत छानेका छन् । एक लाख भन्दा बढि नेपाली पैसा पठाउनेहरु मध्येबाट बिरेन्द्र कटुवालले आफ्नो परिवारलाई दक्षिण कोरिया घुमाउन ल्याउन पाउने भएका छन् । ‘हामीले भाग्यशाली एक जनालाई प्रत्येक तीन महिनामा एक चोटी गोलाप्रथा गरेर मान्छे छान्छौ । उहाँहरुको परिवारको सम्पुर्ण खर्च हामीले व्यहोर्छो ।’ गौतमले भने । यो दुई हप्ताको भ्रमण हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...