Advertisement
SKIP THIS

प्रथम थेगु एनपिएस कपको उपाधी केवाइसी एफसिलाई


एनपिएस एफसी र नेपाल परोपकारी समाज थेगुको संयुक्त आयोजनामा नोभेम्बर ३ तारिख प्रथम थेगु एनपिएस कप फूटबल प्रतियोगिता सम्पन्न भएको छ। थेगुमा पहिलोपटक भएको प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ (केवाईसी) एफसि च्याम्पियन भएको छ। निक्कै नै रोमाञ्चक खेलमा केवाइसीले मोक्पो एफसीलाई २-० को हार चखाएर उपाधीमाथी कब्जा गरेको थियो। जीतसँगै केवाईसी एफसिले पहिलोपटक उपाधी जित्दै इतिहास कोर्न सफल भएको छ भने मोक्पो एफसीले उपविजेतामा चित्त बुझाउनु परेको छ।

विजेता टिमले नगद तीस लाख वन पुरस्कार र ट्र्फी प्रात गरे भने उपविजेताले नगद पन्ध्र लाख वन र ट्रफी प्राप्त गरे। उक्त टुर्नामेन्टमा केवाईसीका खेलाडी जयन जबेगु उत्कृष्ट खेलाडी भएभने उत्कृष्ट गोलकिपरमा केवाईसी कै छिरिङ लामा चुनिए। यसैगरी उच्च गोलकर्ताको ट्रफी ६ गोल सहित मोक्पो एफसीका लाक्पा शेर्पाले सुरक्षीत गरे।

पहिलो हाफको ११ औँ मिनेटमा केवाईसिका क्याप्टेन अनुमेश श्रेष्ठ घाइते भएका थिए र मैदान छोड्नुपरेको थियो। श्रेष्ठको ठाउँमा रेशम शाही मैदान प्रवेस गरेका थिए। पहिलो हाफमा मोक्पोले केही राम्रा अवसरहरु बनाएपनी गोल गर्न सकेन र पहिलो हाफ गोल रहित बराबरी रहेको थियो।
दोश्रो हाफमा केही आक्रमक रुपले उत्रिएको केवाईसिले ५ औँ मिनेटमा नै गोल गर्न सफल भयो। उक्त गोल केवाईसीका स्ट्राइकर दिनेश मेवाहाङ “जेट्लीले” डिबक्स बाहिरबाट प्रहार गरेका थिए र खेलमा उपाधिको बाटो खोलेका थिए। दोश्रो हाफमा दुवै टिमबाट केही अवसर भएका थिए। खेलको ३९ औँ मिनेटमा केवाईसिका खेलाडी जयन जबेगुले शुन्दर ढङ्गबाट जाली चुमाएर २-० को जीत सुनिश्चित गरे।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी नेपाल फ़ुटबल महासंघका अध्यक्ष कृष्ण  गुरूङ यसैगरी अतिथिहरुमा फूटबल महासंघका उपाध्यक्ष फिलिप गुरूङ,थेगु नेपाली मन्चका अध्यक्ष नगेन्द्र मगर,प्रो.डा. रोसन सर्मा,तमुधिका अध्यक्ष हर्क गुरूङ,मगर संघका अध्यक्ष कुमार गर्बुजा,शेर्पा संघका बरिष्ट उपाध्यक्ष लगायतको उपस्थिती रहेको थियो

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...