Advertisement
SKIP THIS

सामाजिक सञ्जालमा भाईरल भएको काेरियाकाे भिडियो र यथार्थ


केहिदिन अगाडी सामाजिक सञ्जालमा एउटा भाईरल भिडियो भयो । लाखौ नेपालीले हेरे । शेयर गरे । कमेन्ट गरे । सबैले भिडियोमा देखिएको मानिसलाई गाली गरे । निकै तहल्का मच्चिायाे ।
भिडियोमा एक नेपालीलाई दुईजना कोरियन प्रहरिले जवरजस्ति नियन्त्रण लिएको र बिच बाटोमा पछारेर हत्कडी लगाएको देखिन्छ ।
भिडियो शेयर गर्नेले गोर्खेले रक्सी खाएर सार्वजनिक स्थानमा होहल्ला गरि सर्बसाधारण मान्छेलाई कुटपीट गरेको भनेर लेखेकाे थियाे। यति लेखिएकै भरमा भिडियो हेर्ने धेरैले एकातर्फी गाली गरेको गरेकै गरे । तर बास्तविकता भिडियोमा देखिए जस्तो नभएर अर्कै रहेको छ ।
भिडियोमा देखिएका ती व्यक्तिसंग भेट भएपछी उनले भनेका कुराहरु मैले लेखेको छु ।
३३ वर्षिय चन्द्र बानिया । घर झापा जिल्ला वुद्धशान्ति नगरपालीका ७ । हाल आनसान स्थित सोल्टि रेस्टुरेन्को सेल्टरमा बसछन ।
दुई बर्ष अगाडि कोरिया आएका बानिया छनानको एक फलाम कम्पनीमा काम गर्थे । कम्पनीमा गर्हुङ्गो फलाम उठाँउदा उनको ढाडमा समस्या आएपछि काम छोडेर नेपाल गएर अपरेसन गरे । ढाडको अपरेसन गरेको खत देखाउदै उनले पुर्णरुपमा ठिक नभैसकेको र अझै औषधि सेवन गरिरहेको बताए ।

घट्ना कसरि भएको थियो?

नेपालवाट फर्केपछि उनी सुवनको सेल्टरमा बस्थे । अक्टुवर १७ तारिखका दिन मुखमा सामान्य घाउ आएपछि उनले खानाखादै आएको नेपाली होटलको साउनीले हस्पिटल गएर चेकअप गर्नु भनेर सुझाव दिए । साउनीकै सुझाव अनुसार उनैले देखाईदिएको हस्पिटल गई देखाए । त्याहाँ उनलाई डाक्टरले मुखको घाउमा स्प्रे छर्कि्दिए र सूई लगाईदिए ।

त्यस लगतै उनि सेल्टर फर्केर नियमित सेवन गर्दै आएको औषधि पनि खाए । जुन नेपालवाट ल्याईएको ढाडको औषधि थियो । त्यसपछि के भयो सम्झिन सक्दैनन् । उनी अचेत भएछन र बाटोमा जो जस्लाई पायो उसैलाई पिट्दै हिडेछन । कोरियन प्रहरिलाई समेत हात लगाएछन । उनी होसमा आउदा हातमा हत्कडि लगाईराखेको अवस्थामा सुवनको प्रहरी चौकीमा थिए ।
अवस्था असामान्य भएपछि उसलाई सुवनको आजुदो हस्पिटल लगियो । त्यहाँ उनले रक्सि सेवनगरेको नभै त्यसदिन लगाईएको सुई र नेपालबाट ल्याएको औषधीसेवन गरेपछि रियाक्सन भएको पुष्टि गरे । मैले रक्सि खाएर गल्ती गरेको भए म नेपाल डिपोट हुनुपर्थ्यो तर म कोरियामै छु भनेर हस्पिटलले दिएको रक्सि सेवन नगरेको रिपोर्ट देखाउदै प्रमाणित गरे ।

उनकोे भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्ने ब्यक्ति सुवनको एक रेष्टुरेन्ट व्यावसायी भएको बताए । बानियाका अनुसार पुलीस पनि उसैले बोलाएका थिए । मेरो अवस्था असामान्य हुँदा वहाले मलाई नियन्त्रणमालिई हस्पिटल पुर्याउनु भएकोभए राम्रो हुन्थ्यो तर पुलिस लगाई भिडियो खिचेर फेसबुकमा हालेर बदनाम गरेछन् ।
उनको अवस्था अहिलेपनि सामन्य अवस्थामा फर्किसकेको छैन । खुट्टा काम्ने, झमझमाउने, डरत्रास भएजस्तो हुने, एक्लै बस्न र सुत्नपनी नसक्ने लक्षण आफुमा भएको बताए । उनले औषधी सेवन गरिरहेका छन् ।

अस्पतालले दिएकाे स्वास्थ्य रिपाेर्ट

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...