Advertisement
SKIP THIS

हानपासको दशै बम्पर विजेता लक्षिमा र विवेकलाई उपहार हस्तान्तरण


हानपास रेमिटेन्सले दशै बम्पर उपहार बिजेता लक्षिमा लिम्बू र विवेक तामाङलाई उपहार हस्तान्तरण गरेको छ । शुक्रबार ललितपुर ग्वार्कोमा रहेको KFC ब्याङ्केट हलमा बडा दशै, तिहार, नेपाल सम्बत् र छठ पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरि स्कुटर उपहार हस्तान्तरण गरिएको हो ।

दक्षिण कोरियाको हानपास रेमिट्यान्सले आफ्नो साझेदार रेमिट कम्पनी इजि लिङ्क र सनराइज बैंक संगको सहकार्यमा संयुक्त दुई जना भाग्यशाली ग्राहकहरुको लागि दशै बम्पर उपहार राखिएको थियो। गत सेप्टेम्बर ५ तारिखका दिन अटाे सफ्टवेयर लक्की ड्र बाट चिठ्ठामा ताप्लेजुङका लक्षिमा लिम्बु र रामेछापका विवेक तामाङले उक्त बम्पर उपहार जित्न सफल भएका थिए ।

हानपास दशै बम्पर उपहार अन्तर्गत कोरिया बाट नेपाल पैसा पठाउने २ जना विजेता ग्राहकहरुको परिवारहरुलाई इजि लिङ्क रेमिट्यान्सका ब्रान्ड एम्बेस्डर तथा संचारकर्मी रबि लामिछानेद्वारा स्कुटरको चाबी हस्तान्तरण गरिएको थियो । बिबेकको आमा डबली तामाङ र लक्षिमाको दिदी गीता लिम्बूको नाम मा स्कुटर दिएको हो ।

उक्त कार्यक्रममा हानपास रेमिट्यान्स कोरिया, सनराइज बैंक तथा इजि लिङ्कका प्रतिनिधिहरुका साथै हालै कोरियाबाट फर्केका नेपालीहरुको बाक्लो उपस्थित रहेको थियो ।

एउटै कर्म भुमिबाट फर्किएका सबैलाई एकसाथ भेट्ने र चाडपर्वको शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गरेकोमा उपस्थित सबैले हानपास प्रती खुशी व्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...