लिखु एग्रिकल्चर र ओखलढुंगा सेवा समाज कोरियाबीच व्यवसायिक साझेदारी (समझदारी पत्र सहित)
लिखु एग्रिकल्चर नेपाल र ओखलढुंगा सेवा समाज दक्षिण कोरिया बिच महत्त्वपूर्ण सहमति भइ कार्तिक ६ गते व्यवसायीक साझेदारीमा हस्ताक्षर भएको छ। वैदेशिक रोजगारीमा रहेतापनि वा स्वदेश फर्की नेपालमा उद्ध्यम गर्न चाहाने यूवाहरूलाई लक्षित गरि सो समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। दुबै पक्ष बिचको सहमतिलाई कार्यवयन गर्नेगरि समझदारी पत्र हस्तान्तरण भएको छ।
पहिलो पक्ष लिखु एग्रिकल्चरको उत्पादन,बितरण र सेवा सेक्टर मध्ये कम्पनी अध्यक्ष,लोचन बस्नेत त्यसैगरि डिपार्टमेन्टको तर्फबाट वितरण प्रमुख दुर्गा फुयाल र सेवा सेक्टरबाट सन्तोष दाहाल रहनु भएको थियोे।
यसैगरि दोस्रो पक्ष ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको तर्फबाट अध्यक्ष श्रीराम गुरुङ र भर्खरै नेपाल फर्कीएका लिखु एग्रिकल्चर उत्पादन तथा बितरण दुबै तर्फका सदस्य ओखलढुंगा सेवा समाज कोरियाका निवर्तमान कोषाध्यक्ष सुमन कार्की सहित,कम्पनी सदस्यहरु जितेन्द्र बानिया,रश्मि पन्डित,जागेशोर भट्टराई लगायतको रहोबरमा उक्त सहमति भएको थियो।