Advertisement
SKIP THIS

कोरियाको ह्वासङमा पनि नेपाली कथानक चलचित्र कबड्डी -३ प्रदर्शन हुदै


कोरियाको ह्वासंङ स्थित फरानमा यो सिजनको सर्बाधिक चर्चामा रहेको नेपाली कथानक चलचित्र कबड्डी ३ प्रदर्शन हुने भएको छ । ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको आयोजनामा आउदो नोभेम्बर ३ तारिखका दिन उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । नेपाल तथा कोरियाका बिभिन्न शहरहरूमा सफल रुपमा प्रदर्शन भैरहेको उक्त चलचित्र ह्वासंङ क्षेत्रमा आइपर्ने बिभिन्न समस्या समाधानको निमित्त कोष संकलनार्थ प्रदर्शन गर्न लागिएको ह्वासङ नेपाली परिवारले बताएको छ ।

राजधानी सौल देखि केहि टाढा रहेको उक्त संस्थाले बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । केहि महिना अगाडि कोरिया स्थित नेपाली दुतावासको सहकार्यमा जापान देखि मनोरोग बिशेषज्ञ डा. बिजय ज्ञावालीलाइ आमन्त्रण गरि एकदिने मानसिक रोग तथा तनाब ब्याबस्थापन सम्बन्धि कार्यक्रमको आयोजना गरेको थियो । त्यस्तै केहि हप्ता पहिला ह्वासङ प्रहरीको संयुक्त प्रयासमा नेपालको रात्रि स्कुल नन्दीलाई १० वटा कम्प्युटर सहयोग गरेको थियो । यसका साथै ह्वासङ प्रहरी संगको सहकार्यमा ह्वासङ क्षेत्रमा बिभिन्न सरसफाइको भोलुन्टीयर कार्यक्रमहरु पनि गर्दै आइरहेको छ ।

चलचित्र कबड्डी कबड्डी कबड्डी प्रदर्शनको लागि सम्पूर्ण तयारि पुरा भएकोले उक्त दीन ह्वासंङ आसपास रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भै भरपुर मनोरन्जन लिनुहुन संस्थाले हार्दिक आमन्त्रण गरेको छ ।

रामबाबु गुरुङ द्वारा निर्देशित यस फिल्ममा दयाहाङ राई , उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमल मणि नेपाल, अरुणा कार्की पोखरेल, रिस्मा गुरुङ, पुस्कर गुरुङ, कबिता आले, डक्टर सिंह गुरुङ, शिला खनाल, मणि के.राई लगायतको अभिनय रहेको छ ।

चलचित्र प्रदर्शन सम्बन्धि थप जानकारी – मिति – नोभेम्बर ३, २०१९ आइतबार समय – दिउसो ठिक १ बजे देखि स्थान – फरान सिजाङ , लालीगुराँस रेस्टुरेन्टको ठिक पारिको हल – ( पोस्टरमा दिइए बमोजिम )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...