Advertisement
SKIP THIS

धादिङ समाज कोरियाले कन्सर्टकाे आम्दानीबाट गंगाजमुना गाउँपालिकालाई एम्बुलेन्स दियाे


गत बर्षको छुसकमा धादिङ समाज र काभ्रे सम्पर्क समिती कोरियाले जिल्लाको बिकट गाउँमा एम्बुलेन्स सेवा प्रदान गर्ने उदेश्य स्वरुप “रिदम लाईभ कन्सर्ट & सङ्गीतिक धमाका”बाट अाम्दानीले जिल्लाकाे गंगाजमुना गाउँपालिकालाइ एम्बुलेन्स प्रदान गरेकाे छ । एम्बुलेन्स दशैँ तिहार बिशेस कार्यक्रमकाे अायाेजना गरेर गत शनिबार गंगाजमुना गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीलार्इ एम्बुलेन्स हस्तातरण गरिएकाे हाे । कार्यक्रममा धादिङ समाज कोरियाका बिभिन्न पदाधिकारीहरु, धादिंग समाज कोरियामा अबद्व सदस्यहरुको परिवार लगायत स्थानिय, समाजसेवी तथा बौद्विक ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
गत बर्षकाे रिदम लाइभ कन्सर्टबाट सोचे जस्तो नाफा गर्न नसकिएता पनि ब्यक्तिगत सहयोग धेरै जुटेको कारण एम्बुलेन्स किन्न सकिएकाे धादिंङ समाज कोरियाका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष अधिकारीले बताए । ‘अहिलेसम्म एम्बुलेन्स खरिद र अन्य प्रकृयाको लागि बाह्र लाख रुपैयाँ हाराहारिमा खर्च भएको छ । हामीले साथीभाइसँग अपुग पैसा जम्मा गरेर एम्बुलेन्स किनेका हाै । यसका लागि सहयाेग गर्नुहुने सबैलाइ धन्यबाद दिन चाहान्छु ।’ उनले भने । ‘याे एन्बुलेन्स चले पछि गंगाजमुना गाउँपालिका क्षेत्र कै स्वास्थ्य सेवामा टेवा पुर्याउँछ भन्ने हामीले ठानेका छाै ।’ उनले थपे ।
धादिंग समाज कोरियाको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद र हस्तान्तरण सम्मको सम्पूर्ण प्रकृयाको लागि धादिंग समाज कोरियाको नेपाल समन्वय समितीका उपाध्यक्ष सुमन सिंखडाले गुम्दी कल्याणकारी समाज सँग समन्वय गरेका थिए भने यस कल्याणकारी समाजले आगामी दिनमा एम्बुलेन्स संचालनको लागि आवश्यक थप रकम जुटाउन आर्थिक संकलन अभियान पनि चलाईरहेको छ । सो एम्बुलेन्स संचालनको लागि गंगाजमुना गाउँपालिका वाडा नम्बर ४ (साबिक गुम्दी गाबिस) का वडा अध्यक्षको अध्यक्षतामा गाउँपालिकाको सबै वडा अध्यक्षहरु र स्थानिय बुद्धि जिबि तथा समाजसेवीहरुलाई समेटेर एम्बुलेन्स संचालन समिती निर्माण पनि गरिएको छ । समितिको संरक्षकमा गंगाजमुना गाउँपालिकाका अध्यक्ष र धादिङ समाज कोरियाका अध्यक्ष रहने छन् ।
यस अघि पनि धादिंग समाज कोरियाले धादिंग बेसीमा १७ लाख रुपैयाँ लगानीमा नेपालमै नमुना आधुनिक अपागं मैत्रि सार्बजानिक शौचालय निर्माण पनि गरेको थियो भने यस समाज जिल्लागत र समग्र नेपाल तथा कोरियामा अन्य बिभिन्न किसिमका सामाजिक कृयाकलापमा निरन्तर सकृय रहँदै आईरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...