संगीतकार डि आर “अटुको” मनै साटिन्छ गीतको भिडियो सार्वजनिक

संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार , एक्ले बर , चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत “मनै साटिन्छ “ गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा दिलिप सगरको शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योगदान पुग्ने भन्ने विश्वास आफूलाई लागेको दिलिप सगरले बताए । गीतमा श्री राईको स्वर रहेको गीतमा यूवा यूवती विचमा हुने प्रेमलाई निकै आकर्षक रुपमा समेटिएको छ ।
भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापाँगाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन रहेको छ भने मरिष्का पोखरेल र निरन्जन प्रधानको अभिनय हेर्न सकिनेछ ।
गीतको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।