प्रसंग सातौँ NRNA चुनावको


बाहिर झम झम पानी परिरहेको थियो, कोरियनहरु प्राय घरबाट बाहिर निस्केका थिएनन्। अघिल्लो हप्ता जस्तो सार्बजानिक यातायातहरु खचाखच थिएनन्, प्राय खालि नै थिए तर मलाई राति तिन बजे नै निन्द्रा ले छोड्यो अनि तयारी गर्न थालें सौलको यात्राको लागि ।

नुहाई धुवाइ गरिसकेर कपडा मात्र लगाउँदै थिएं एक जना मित्रको फोन आयो ” कति खेर आईपुग्नु हुन्छ? ” मैले नि सटिक उत्तर दिँदै भने “छिटै आईपुग्छु” भन्दै केहि बेर गफियौं, अनि मैले फोन राखें । तर साथिको एउटा शब्दले मेरो मानसपटल मा तहल्का नै ल्याईदियो, अनि सोंच्न थालें, ! उसले भनेका थिए ” आजको अधिबेशनमा त मण्डलेहरु को हालिमुहालि छ रे नि? ” खास यो मण्डले भन्ने शब्द ले त्यति राम्रो सन्देश नदिए पनि यस्ले पार्ने प्रभाबको बारेमा सोंच्न थालें! हुन त आज हुंदै गरेको एन आर एन ए को अधिबेसन कुनै राजनैतिक दल वा कुनै आम निर्बाचन थिएन , यो त नेपालीहरु जो अन्य देश मा गएर बसोबास गर्दै जाँदा त्यहीँ को स्थाई बसोबास गर्न अनुमति पाएकाहरुको संस्थाको हो। तर यहाँ पनि राजनैतिक दलका भातृ संगठनहरु यति साह्रो हावि छन कि , माहोल हेर्दा यस्तो लाग्छ यो कुनै परोपकारी संस्थाको अधिबेशन नभै यो नेपालको संघिय चुनाव हो। काँग्रेस र ने क पा मध्य कोस्ले जित्ने? कुन जाति ले जित्ने त्यो उमेदवार कुन क्षेत्र को हो? तेस्ले कुन धर्म मा आस्था राख्छ? सामाजिक सन्जाल हेर्दा लाग्थ्यो सबै बिद्वानहरुले टिका टिप्पणी गरिरहेका छन । मानौं अब देश प्रजातान्त्रिक वा साम्यवादी हुँदैछ! कसैको टिप्पणी यस्तो छ कि उनले समर्थन गरेको उमेदवार ले जिते तिनले यो संस्था लाई अर्कै ग्रह तिर पुर्याउने छ! तर सार कुरा भने सबै को नजर भन्दा टाढा छ! यदि साँच्चिनै यो संस्था जस्को आज नयाँ नेतृत्व चयन हुन लागिरहेको छ, यस्ले न त नेपाल मा नै कुनै ठोस काम गरेको छ, न त जहाँ जहाँ यस को शाखा हरु छन त्यहाँ नै केहि गरेको छ। भन्नलाई भन्ने गरिन्छ यो संस्था धनि हरुको संस्था हो भनेर, तर यहाँ भोट हाल्नै को लागि मैले पनि नेपाली दुई हजार रुपैयाँ मा साधारण सदस्यता किनेको छु! यसको आज भोट हाल्नु बाहेक अरु कुनै काम छैन ।

अझ त्यो शब्द ” मण्डले” मा मेरो ध्यान केन्द्रित गर्दैगर्दा नेपालका तीन निर्वाचनहरुको झल्को नमिठो गरि दिलायो । अनि फेरि आफैं लाई सन्त्वना दिंदै सोचें “दुई तिहाइ वाला ले त केहि गर्न सकेन जाबो यो घर को चुहिने छानो टाल्न पर्देशिएका प्रबासीहरु संग के को त्यत्रो अपेक्षा गर्ने हो? “भन्ने सोंच्दा सोंच्दै गाडि आफ्नो गन्तव्यमा पुगिसकिएछ अनि म लागें दुई हजारमा किनेको सदस्यताले लगाउने निर्वाचन स्थल तिर ।

अन्त्यमा मैले निर्बाचित गर्ने नेतृत्व ले बिगतको भन्दा सफल , सबल , न्यायमुखि , NRNA तथा म प्रवासि मजदुर भएकोले मजदुरमैत्री कार्यहरु गरोस भन्ने शुभकामना सहित एक भोट दिएको छु यसको सहि सदुपयोग होस् ।
सेवा , “””सेमुना धन्यवाद।

M.K राई
लेखक उदयपुर सेवा समाज, दक्षिण कोरियाका अध्यक्ष हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • मे २६ मा नेपाली समपर्क समितिले छुसकको कार्यक्रम बाँडफाँड गर्दै
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • भोजपूर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न, अध्यक्षमा सुनिल बान्तावा
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...