एनआरएनए कोरियाको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित
गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित भएका छन् । संघको आइतबार भएको सातौं अधिबेशनबाट ७९४ मत ल्याएर उनी बिजयी भएका हुन् ।
अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्ष सोम तामाङ, सन्जिब राई, यदु लामिछाने निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा बिमल सुवेदी, सचिवमा राजकुमार स्याङ्ताङ र मनोज गौतम बिजयी भएका छन्। त्यसैगरी कोषाध्यक्षमा चन्द्र राना ,सह-कोषाध्यक्षमा सन्तोष खड्का निर्बाचित भएका छन् । महिला संयाेजकमा शुभद्रा पालुङ्गवा निर्बिराेध चयन भएका छन्। युवा संयाेजकमा अरूण श्रेष्ठ इपिएस छिङ्गु निर्वाचित भएका छन्।
आइसिसी सदस्यमा निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ र ओम जुग्जाली निर्विरोध चयन भएका छन् भने सदस्यहरु दिनेश चाैँलागाइ, उमेश पाेखरेल, अाेम बहादुर कार्की, सुवास चन्द्र चाैधरी,अबधेश राज चाैरशिया,र बिश्वमणि दाहाल पनि निर्बिरोध नै चयन भएका हुन् ।
अधिबेसनमा एनआरएन कोरियाको आतिथ्यता लाई स्विकार्दै एनआरएन आइसिसि अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र मिडल इस्ट एसिया संयोजक आर के शर्मा लगायतका ब्याक्तित्वहरु कोरिया आएका थिए ।