किम्पो शहरमा “ग्लोबल इन्टरनेशनल फूड एण्ड कल्चर फेष्टिभल” हुने


कोरियाको किम्पो शहरमा “ग्लोबल इन्टरनेशनल फूड एण्ड कल्चर फेष्टिभल” हुने भएको छ। सेप्टेम्बर २९ आइतबारका दिन हुने उक्त फेस्टिभलमा जापान, नेपाल, थाइल्यान्ड, चीन, काेरिया लगायत १२ देशले सहभागीता जनाउने भएको छ। प्रत्येक बर्ष हुने याे फेस्टिभलमा नेपालको तर्फबाट “क्रीयटिभ एम्बिशन नेपाल् ” (क्यान ) ले सहभागी जनाउने भएको छ। क्यानले नेपालको पहिचान झल्काउने सामग्री प्रस्तुत गरिने अध्यक्ष दिपक गौतमले जानकारी गराएका छन्।

किम्पो शहर स्थित सामाजिक कार्यहरुमा अन्य संङ्घ संस्थाहरुसँग हातेमालो गर्दै अाइरहेको यस संस्थाले नेपालकाे पर्यटन प्रबर्द्धन तथा बिकाशकाे लागि सगरमाथा (एभरेष्ट) नेपालमा पर्छ , शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने जस्ता नेपालकाे बारेमा विभिन्न प्रचार प्रसार गरि विभिन्न पर्यटकिय क्षेत्रकाे बारेमा बर्णन गर्ने तयारी गरेको छ । संस्थाले उक्त प्रचार प्रसारको लागी साथै विभित्र देशकाे खानाकाे परिकार, नृत्य, कल्चर नि: शुल्क रुपमा प्रदर्शन गर्न पाइनेहुँदा नेपालकाे तर्फबाट पनि स्थानीय नृत्यकलाकार हरुकाे नृत्य प्रस्तुति , लोकदोहोरी ,खैजडी नाचगान , अन्तर्राष्ट्रिय मैतृपुर्ण फुटबल खेलमा नेपाली टोलीको खेल, बासुरी मादलको तालमा मनोरन्जन गरिनेछ नेपालकाे राष्टिय झण्डाेत्तलनमा क्यान का सकृय सदस्य राम फुयाल सहभागी हुने भएका छन ।

याे कल्चर एण्ड फुड फेस्टिभललाई बृहत र भब्य बनाई सन् २०२० को पर्यटन बर्षको ब्यापक प्रचार गरिदिनु हुनका लागि काेरियामा रहनुहुने सम्पुर्ण बुद्दिजिबी ,ब्यापारि ,विद्यार्थी समाजसेबी लगायत विभिन्न पेशामा आबद्ध नेपालीहरुलाई क्रीयटिभ एम्बिशन नेपाल (क्यान ) ले अनुरोध गरेको छ। यसैगरी किम्फो एरियाका सफल युवा व्यवसायी तथा यस संथाका संरक्षक उमेश बस्नेत तथा क्यानका निबर्तमान अध्यक्ष रोहित गुरुङ सल्लाहकार गजेन्द्र भट्टले कार्यक्रम सफल बनाउन आह्वान गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • स्याङ्जा परिवार किम्हे बुसान शाखाद्वारा चलचित्र “कबड्डी ३” कोरियामा भव्य प्रदर्शन सम्पन्न ।
  • “नेपाल भ्रमण बर्ष २०२०” प्रवर्धन गर्न कोरियाको सउलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • घोडा चढेर देशकै अग्लो हिमालमा पुगे किम !
  • चुम्लुङ बुसान शाखा र डि.एस.एम.इ. याक्थुङ सयङ् गजेदोले चासोक तङ्नाम मनाउने
  • ईपिएस

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

    error: Content is protected !!