Advertisement
SKIP THIS

सुनिता मगरको रोदन, ‘म सिरिया मै मर्ने भएँ’


मनिष दुवाडी

धादिङ-नीलकण्ठ-८ मगर गाउँकी सावित्री मगरको मोवाइलमा दिनँहुजसो विदेशको नम्वरबाट फोन आउँछ । दुई वर्ष अघिदेखि द्वन्द्वग्रस्त मुलुक सिरियामा बन्धक रहेकी छोरी सुनिताबारे केही नयाँ खवर आयो कि भनेर उनी हतार हतार फोन उठाउँछिन ।

 

यताबाट हेलो भन्न नपाइ उतैबाट रुँदै गरेकी सुनिता मगर बोल्छिन, ‘आमा मलाई अब यहाँ मारेर फाल्दिने भइसके, तिमीले छिटो नेपाल झिकाएनौ भने छोरी जिउँदो भेट्ने छैनौ ।’

 

दिनहुँ विहानीपख छोरीले फोन गरेर छिटो नेपाल झिकाउन रुने गरेको सुनाउँदै सावित्री मगर भन्छिन, ‘दलाले त्यस्तो ठाउँमा पुर्‍याइदिए छ । मलाइ छिटो झिकाउ मात्रै भन्छे मैले कहाँ के गर्नु ?’

 

आफ्ना २ बालबच्चाको लालन–पालनका लागि बैदेशिक रोजगारमा गएकी सुनितालार्इ दलालले सिरिया पुर्‍याएर अलपत्र पारेपछि उनको विचल्ली भएको हो । श्रम अनुमति नै नभएको सिरियामा दलालमार्फत पुगेकी सुनिता त्यहाँ पुगेपछि मात्रै आफु ठगिएको थाहा पाएकी थिइन् ।

 

दलालले उनलार्इ त्यहाँको एक घरमा सिरियाकै एजेन्टमार्फत काम लगाई दिएर उनको पारिश्रमिक एकमुष्ट ५ हजार डलर लगेको थाहा पाएपछि आफु ठगिएको थाहा पाइन् । विदेश जाँदा पैसा नलाग्ने भन्दै पोखराका राजु ढुङ्गानाको विश्वासमा पर्दा आफु सिरियामा अलपत्र परेको उनले बताएकी छन् ।

 

टेलिफोनमा निकै भावुक हुँदै भनिन्, ‘मलाइ सुरुमा पैसा लाग्दैन भन्यो, चिनेको मान्छे भएकाले विश्वास गरेँ । तर मेरो तलब त उसले पहिल्यै लगेको रहेछ ।’

 

एजेन्टले काममा लगाइदिएको घरमा सुरुमा राम्रै भएपनि तलब माग्दा पहिल्यै लगेको भनी साहुले दिनहुँ पिट्ने, खान नदिने र फोनमा कुरा गर्न नदिँदा अहिले भागेर त्यही काममा लगाइदिने एजेन्टकहाँर बसिरहेको सुनिताले बताइन् ।

 

‘मलाइ यहाँ ल्याउनेले सुरुमै ५ हजार डलर लिएर गएछ । मैले २ वर्ष काम गरेको २ हजार डलर काटिएपनि बाँकी ३ हजार डलर दिएमात्र पासपोर्ट फिर्ता दिने भनेकाले मैले केही गर्न सकिन ।’

 

निराश हुदै सुनिताले भनिन, ‘काम लगाइदिने एजेन्टले पनि अन्यत्र काम गर्न जा भनेर सधै दबाब मात्रै दिन्छ । म काम गर्दिनँ, मलाइ नेपाल पठाइदिनुस् भन्दा पहिला साहुको पैसा तिर भन्छ । सायद अब बाँचेर नेपाल फर्कुलाँ जस्तो लागेको छैन ।’

 

मैदी गाउँ विकास समिति-१ घर भएकी सुनिता सिरियामा अलपत्र परेपछि यता उनको माइती परिवार पनि तनाबमा छ । घरको आर्थिक अवस्था निकै कमजोर रहेकाले पतिसंँग छुट्टिएर बसेकी सुनिता आफ्ना २ बालबच्चाहरको पालनपोषणका लागि विदेश गएकी थिइन् ।

 

‘२ नाबालक छोराछोरी जिम्मा लगाएर गएकी सुनिता उतै अलपत्र परेको खबर आएको छ । नातिनीले सधैँ आमा खोज्छे’, आमा सावित्री मगर भन्छिन्, ‘सुनिताले पनि मलाइ चाँडै नेपाल झिकाउ आमा, ढिलो भयो भने तिम्रो छोरी जिउँदो आउदिन भनेर दिनहुँ रुदै फोन गर्छे । म बुढी कहाँ गरेर के गरौँ बाबु ।’

 

उनलार्इ सिरिया पुर्‍याउने राजु ढुङगानाबारे केही थाहा नपाए पनि अहिले ढुङ्गाना भारतमा लुकेर बसेको हुनसक्ने सुनिताले बताइन् । सुनिता भन्छिन, ‘मलाइ जस्तै त्यसले सयौँ अरु युवतीलार्इ पनि यहाँ फसाएको छ । त्यही भएर यहाँको एजेन्ट पनि उसको बारेमा केही भन्दैन ।’

 

‘सुरुमा टिकट भाडा उपलब्ध भएमा नेपाल फर्किन सक्ने बताएकाले एनआरएन फिनल्याण्डको सहयोगमा टिकट भाडा ८ सय डलर सुनितालार्इ पठाएका थियौँ अहिले त साहुलाइ ३ हजार डलर नतिरी पासपोर्ट फिर्ता दिएन भन्ने खवर आयो’, एनआरएन फिनल्याण्डका कार्यबाहक अध्यक्ष बालकृष्ण श्रेष्ठले टेलिफोनमा भने, ‘फिनल्याण्डमा रहेका नेपालीसँग संकलन गरेर ८ सय डलर जुटाएर पठाएपपनि पछि साहुलाइ तिर्न ३ हजार डलर आवश्यक भएकले समस्या भयो ।’

 

छोरी सुनिताको सकुसल उद्धारका लागि सावित्रीले धादिङवेशीमा रहेको सुरक्षित आप्रवासन परियोजनामा पनि निवेदन दिएकी छिन् । विदेशमा फसेका नेपालीहरुको उद्धार र सुरक्षित वैदेशिक रोजगारीका लागि सचेतना कार्यक्रम गर्दे आएको सामी परियोजनाका धादिङ संयोजक कमल रोकायले भने, ‘हामीले सिरिया हेर्ने इजिप्ट स्थित नेपाली दुतावासमा पनि सुनिताको उद्धारको लागि पत्राचार गरेका थियौँ तर त्यहाँको दुताबासले कुनै चासो नै देखाएन ।’

 

सुनिता विदेश जाँदा केही पनि कागजपत्र घरमा नछोडेको र उनलार्इ विदेश पठाउने दलाल पनि फेला नपर्दा उनको उद्धारमा कठिनाइ भएको रोकायले बताए ।-अन्नपूर्ण

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...