क्यानडामा रहेका नेपालीहरुले मनाए २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस


टोरन्टो: २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा क्यानडामा नेपालीज जनजाति एसोसिएसन अफ क्यानडाले मिसीसागा शहरको मेडोभेल कन्जरभेसन पार्कमा एक कार्यक्रम आयोजना ग¥यो । पहिलोपल्ट आयोजना गरिएको कार्यक्रममा ह्योल्मो समाज क्यानडा, क्यानेडियन नेवा गुठी, मगर संघ क्यानडा, शेर्पा किदुग क्यानडा, तामाङ सोसाइटी अफ क्यानडा, तमु धि क्यानडा र किरात कम्युनिटी क्यानडाको तर्फबाट विभिन्न झाँकीहरु, नाच र गीत परम्परागत भेषभुषामा प्रस्तुत गरिएको थियो ।

आदिवासी दिवसका संयोजक रश्मि थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गोबा राई, गिरी बुढाथोकी र ऐश्वर्य राईले गरेका थिए । उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अन्य अतिथिलाई एनजेएसीका सभापति विरकाजी गुरुङले स्वागत गरे । एनआएनए क्यानडाका सभापति चिरन्जीवी घिमिरेले कार्यक्रम सफलताको लागि कामना गर्दै भविष्यमा एनजेएसीलगायत क्यानडा भरका सम्पूर्ण संस्थाहरुसँग नेपालीको हितका लागि एनआरएनए कार्य गर्न तत्परता रहेका बताए । करिब चार सय जनाको उपस्थिति रहेको कार्यक्रममा जनक चेम्जोङ, सुरेन्द्र लावती, नवराज गुरुङ, चन्द्र राई, डा हरि गुरुङले आदिवासी जनजातिको विषयमा टिप्पणी गरे ।

कार्यक्रममा प्रमुख अतिथि फस्ट नेसन लिडर केथ म्याकक्रेडीले क्यानेडियन आदिवासी र नेपाली आदिवासीहरु भविष्यमा समान उद्देश्यका लागि सहकार्य गर्दै जाने बताए । एनजेएसीको निमण्त्रणालाई स्विकार गरेर अमेरिकाको मिचिगन युनिभर्सिटी, राजनीतिक विभागका प्रोफेसर डा महेन्द्र लावती विशेष अतिथिको रुपमा आइपुगेका थिए । उनले नेपालमा जनजाति आन्दोलन, आदिवासीहरुप्रति नेपाल सरकारले गर्दै आएको विभेद र अब नयाँ परिस्थितिमा जनजातिहरुले खेल्नुपर्ने भूमिकालगायत विषयमा प्रष्ट पारे ।

कार्यक्रमको दोस्रो चरणमा जनजाति आआफ्नो भेषभुषामा सजिएरसंस्कृति झल्किने सांस्कृतिक र्‍याली प्रदर्शन गरेका थिए । उनीहरुले आआफ्नो भाषामा गीत र नृत्य पनि प्रस्तुत गरे । कार्यक्रममा सबै समुदायले परम्परागत नेपाली खानासमेत पस्केका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...