Advertisement
SKIP THIS

छुसकको पहिलो दिन हुने मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगीतिक धमका २०१९ पोस्टर सार्वजनिक


दोलखाली समाज, रामेछाप सम्पर्क समिति र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले गर्ने मंगोलियन हर्ट लाइभ कन्सर्ट तथा सांगीतिक धमका २०१९ को पोस्टर सार्वजानिक गरेको छ । आइतबार सउलमा पत्रकार सम्मेलनमा पोस्टर सार्वजनिक गर्दै कार्यक्रमको तयारीका बारेमा जानकारी गराएको हो ।
‘हामीले छुसकको पहिलो दिन अर्थात १२ सेप्टेम्बरमा मंगोलियन हर्टको लाइभ कार्यक्रम गर्न लागेका छौ । यो व्याण्डको २५ बर्ष पुगेको उपलक्ष्यमा हुने कार्यक्रम हो । यसबाट हुने आम्दानीले दुर्गम भेगको शिक्षा र स्वास्थ्य क्षेत्रमा सकेको सहयोग गर्नेछौ ।’ दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष सरोज केसीले भने । ‘हाम्रो तयरी लगभग पुरा भएको छ । लाइभ ब्यान्डको मज्जा लिन सकिने दिन धेरै टाढा छैन ।’ उले थपे ।
प्रदेश नं. ३ का तीन वटा जिल्ला मिलेर कार्यक्रम गर्न लागेको भएकोले किरियाकै मिलेर कार्यक्रम गर्न सकिने रहेछ भन्ने उदाहरण हुने रामेछाप सम्पर्क समितिका अध्यक्ष रबिप्रताप घिसिंङले भने । ‘हामीले आफ्नो जिल्लाका बासिन्दासँग उठाएको रकम हामी आफ्नै जिल्लाले राख्ने, अन्य जिल्लाका साथीभाइले दिएको सहयोग बराबर रुपमा बाँड्ने छौ । हामीले तीनवटा जिल्लालाई टिकट पनि तीन तीन सयका दरले भाग लाएको छौ । यो टिकट सेप्टेम्बर १० भित्र बेचि सक्नु पर्ने अन्यथा संयुक्त रुपमै गनणा हुने निर्णय गरेका छौ ।’ उनले भने ।
त्यस्तै अर्का आयोजक संस्था सिन्धुपाल्चोक समाजका अध्यक्ष सञ्जिब भण्डारीले कोरियाकै राम्रो र सुविधायुक्त हलमा कार्यक्रम गर्न लागेको बताए । ‘सउलको फाइभस्टर हल मध्येको हल हो । हामीले हलसम्म जानको तोङदेमुनबाट गाडीको व्यवस्था गरेका छौ । तोङदेमुनबाट ट्याक्सीमा जाँदा पनि पाँचहजार वन जति मात्रै आउने रहेछ । त्यसैले कोरियामा रहनु सबै दाजुभाइ दिदी बहिनीलाई कार्यक्रममा सहभागी हुन अनुरोध गर्दछौ ।’
कार्यक्रममा मंगोलियन हर्ट ब्याण्डसँगै भ्वाइस अफ नेपालको जर्ज तथा चर्चित रक गायिका आस्था राउत, मोडेल तथा चर्चित डान्सर अन्जली अधिकारी, चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवाल, नेपाल आइडल सिजन १ सेकेन्ड रनरप गायक प्रताप दासले आफ्नो प्रस्तुति दिनेछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...