Advertisement
SKIP THIS

सेती महाकाली सांगितिक सौगात भाग-३ को तयारी पूरा


सुदुरपश्चिम समाज दक्षिण कोरियाले छुसक अर्थात सेप्टेम्बर १३ मा आयोजना गर्न लागेको “ सेती महाकाली सांगितिक सौगात भाग -३” को तयारी पूरा भएको छ । आइतबार सउलमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको ब्यानर तथा पोस्टर सार्वजनिक गर्दै समाजले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
सउलमा आयोजित एक कार्यक्रममा समाजका उपाध्यक्ष नविनराज जोशीले कार्यक्रमको उद्देश्य र तयारी बारे जानकारी गराउदै जय पृथ्वीबहादुर सिह, दशरथचन्द र भीम दत्त पन्त जस्ता इतिहास पुरुषहरुको जन्मभूमि सुदुरपश्चिम भाषिक एबं सांस्कृतिक रुपमा एकताको प्रतीक भएको भन्दै सुदूरपश्चिम समाज दक्षिण कोरिया पनि त्यसैलाई आधार मानेर सामाजिक कार्यहरुमा निरन्तर अघि बढेको बताए । दुर्गम क्षेत्रका बाल बालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोगार्थ कार्यक्रम गर्न लागिएको भन्दै कार्यक्रममा चर्चित पप तथा आधुनिक गायिका इन्दिरा जोशी, सालको पात टपरी गीतका लोक दोहोरी गायक कुलेन्द्र बिक, नेपाल आइडल सिजन-२ का विजेता रवि ओड, देउडा गायिका रेखा जोशी, देउडा तथा लोक पप गायक चक्र बम, गायिका तथा कार्यक्रम संचालिका अनिता चलाउने, देउडा गायक भक्तराज भट्ट डोटेली र थारु संस्कृति गायक मोहन चौधरीको मनोरन्जनात्मक प्रस्तुति रहने बताए ।
कार्यक्रम सउलकाे सङ्बोक गुमिन यसङ होइग्वानमा हुने र कार्यक्रम स्थल सम्म ट्रेन लाइन नं ४ को हान्सुङ युनिभर्सिटी स्टेशन गेट नं ६ बाट ०१ नम्बर को बस चढेर पुग्न सकिने छ । साथै दोङदेमुन गेट नं ३ बाट समेत कार्यक्रम स्थल सम्म बसको व्यबस्था गरिएको अायाेजकले बताइएका छन् ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष लाल बहादुर साउद, कार्यक्रम संयोजक कमल बहादुर शाही, पूर्व अध्यक्ष धर्मराज जोशी र समाजका वरिष्ठ सल्लाहकार अग्निराज कोइरालाले सु.प. समाज दक्षिण कोरियाले कोरियामा रहेका बिभिन्न नेपाली संघ संस्थाहरुका सामाजिक कार्यहरुमा सधैं नै काँधमा काँध र साथमा साथ दिएर हातेमालो गर्दै आएको भन्दै यसपाली सबै संघ संस्था, व्यापारी, बुद्धिजीवी लगायत सबैसंग सु.प. समाजको कार्यक्रमलाई सहयोग गरी दिन हुन आग्रह गर्दै कोरियामा रहेका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई समाजको कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका थिए भने एनआरएन एशिया प्रशान्त क्षेत्र संयोजक एबं व्यवसायी विनोद कुंवरले सुदुरपश्चिमका बिकट क्षेत्रमा शिक्षा र स्वास्थ्य का लागि गरिन लागेको कार्यक्रम अत्यन्त सराहनीय कार्य भएको भन्दै आफू यस्ता कार्यहरुमा सहयोगका लागि जहिले पनि तयार रहेको बताएका थिए ।

संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुको आर्थिक पारदर्शिताका सवालमा बेला बेलामा प्रश्न उठ्ने गरेको भन्ने पत्रकारहरुको जिज्ञासामा समाजका अध्यक्ष साउदले जवाफ दिदै यस विषयमा अत्यन्त सजग रहेको भन्दै त्यसका लागि बहु सदस्यीय आर्थिक कमिटी बनाएर अघि बढेको र त्यसको हिसाब किताब अत्यन्त पारदर्शी ढंगले सार्वजनिक गर्ने गरेको बताए । कार्यक्रमलाई GME Remittance, प्रभु मनी ट्रान्सफर, एचडी मोबाइल दोङदेमुन र ज्योति रेस्टुरेन्ट जोङ्गाकले प्रायोजन गरेको छ भने कलाकारहरुको भिषा स्पोन्सर एभरेष्ट करी वर्ल्ड दोङदेमुनद्वारा गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...