Advertisement
SKIP THIS

NRNA बुसान र किम्हे एकीकृत, एकता महाधिवेशन अगस्ट १८मा


विगत लामो समय देखि छुट्टाछुट्टै अस्तित्वमा रहि ख्यङ्साङ्नाम्दो क्षेत्रमा स्वतन्त्र रुपले आ -आफ्नै गतिविधिहरु सक्रिय रूपमा संचालन गरिरहेका NRNA बुसान शाखा र NRNA किम्हे शाखाले एकीकरण सप्पन्न गरेका छन्।

यस सानो क्षेत्रमा २ वटा NRNA शाखा हुँदा सोचेजस्तो प्रभावकारी हुन नसकेको अनुभुत गर्दै विभिन्न संघसंस्था, बुद्धिजीवी ,भद्रभलाद्मी,पत्रकार, व्यवसायी एवं शुभचिन्तकहरुको राय, सल्लाह र सुझाबलाई मध्यनजर गर्दै दुवै शाखालाई एकीकरण गरि विगत भन्दा अझ सशक्त र उल्लेखनीय रुपले आफ्ना गतिविधिहरु संचालन गर्ने अभिप्रायका साथ दुबै क्षेत्रको एकमतले एकीकरण गर्ने निर्णय गर्दै केन्द्रलाई एकिकरणको निम्ति अनुमोदन गरि आधिकारिकता प्रदान गरिदिनको निम्ति निवेदन पेश गरेको थियो।

केन्द्रले उक्त निर्णयलाइ सदर गर्दै दुबै क्षेत्रको एकता सँगै ख्यङ्साङ् क्षेत्रलाई समेट्ने गरी संस्थाको नाम “ख्यङ्साङ् क्षेत्र“ तोकेर पठाएको थियो। २०१९-0७-२१ मा दुबै शाखाका कार्यसमिती ,पदाधिकारीका साथै सल्लाहकार सहितको विशेष उपस्थितिमा बसेको बैठकबाट तदर्थ समिति गठन गर्दै अधिवेशनको मिति तय गरेको हो। उक्त तदर्थ समितीमा संयोजकको भूमिकामा NRNA बुसान शाखाका अध्यक्ष उमेश मेवाहाङ्ग राई र उपसंयोजको रुपमा किम्हे शाखाका अध्यक्ष बेलमान थापा मगर रहेका छन् ।

आयोजक तदर्थ कमिटीले यहि अगस्ट १८ तारिख आईतबारको दिन मिन्जु खोङ्वन हल बुसानमा एकता अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने गरि तयारी थालेको छ। उक्त अधिबेशनलाई भव्य रुपमा सफल पारिदिनु हुनको निम्ति यस क्षेत्रका विभिन्न संघसंस्थाका पदाधिकारी , बुद्धिजीवी ,भद्रभलाद्मी , पत्रकार व्यवसायी एवं गैर आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोधका साथै हार्दिक निमन्त्रणा पनि गरेको छ। सदस्यता दर्ताको लागि पनि यस क्षेत्रमा रहनुभएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाई आग्रह गरिएको छ।
सदस्यता दर्ता गर्न को लागि NRNA को बिधान अनुसार ६ महिनाभन्दा बढी कोरियामा बसोबास गरेका नेपाली नागरिक तथा नेपाली मुलका बिदेशी नागरिकले आवश्यक कागजात उपलब्ध गराई अनलाईन mero.nrna.org/user/register मार्फत फारम भरी सदस्यता लिन सक्नु हुनेछ। सदश्यता शुल्क 20,000 कोरियन वन लाग्नेछ।
विस्तृत जानकारीको लागी निम्न ब्यक्तिहरुसँग सम्पर्क गर्न सकिनेछ।
1) 01048371859 उमेश मेवाहाङ्ग राई
2) 01027664696 बेलमान थापा
3) 01073129116 ओम कार्की
Account Name : NRNA NEPAL HOUSE
Account number : 679-011342-01-012
Bank : IBK Bank
code : 003
Note : बैंक रसिदमा (Bank Slip) आफ्नो नाम र फोन नम्बर लेखेर फोटो खिचि ATTACHED
गर्नु होला ।
५) आवश्यक कागजपत्र:

क. ARC (Alien Registration Card ) Card (परिचय पत्र)

ख. नेपाली/ कोरियाली राहदानी को प्रतीलिपी

ग. पास्पोर्ट साइज को फोटो x1 (Latest Passport Size Photo x1) (फारम भर्दा फोटोमा
PP size फोटो हाल्नु होला, पछि कार्ड बनेर आउने छ |)

घ. बैंक रसिदमा (Bank Slip) आफ्नो नाम र फोन नम्बर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...