NRNA दक्षिण कोरियाकाे अध्यक्ष पद उम्मेदवार विपिन गुरूङका प्रतिबद्धताहरु


सेप्टेम्बर २१ र २२ मा हुन गईरहेको NRNA दक्षिण कोरियाको अध्यक्ष पदमा उम्मेदवार विपिन गुरूङका प्रतिबद्धताहरु:

१. NRNA दक्षिण कोरियालाई कानुनी रुपमा दर्ता गराउने : गैरआवासीय नेपाली सॅघ दक्षिण कोरियालाई सर्वप्रथम कानुनी रुपमा दर्ता गराउने पहल रहनेछ। धेरै प्रकृया अगाडि बढेको पनि जानकारि गराउँदछु। सॅस्थालाई कानुनी रुपमा कोरिया सरकारमा दर्ता गरेर हाम्रो टिमले विगतमा भन्दा धेरै र भिन्न प्रकारका सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरु गर्नेछ।

२. कानुनी,आर्थिक र मनोवैज्ञानिक सहयोग गर्ने: कोरियामा रहेका विभिन्न सॅघसॅस्था,एनआरएन का क्षेत्रिय पदाधिकारी,बुद्धिजिवी,सम्पूर्ण श्रमजिवी,विधार्थी,व्यवसायी तथा सम्पुर्ण सञ्चारकर्मीहरु सॅग मिलेर याहाॅ रहेका हामी नेपालीहरुको हकहित,कानुनी समस्या,तनाव तथा विरामीहरुको उपचारार्थ,आर्थिक तथा कानुनी सहयोग र सम्सया सभाधानमा लाग्ने छौॅ। दुतावास र कोरिया सरकारसॅग मिलेर हामी सबै एकजुट भएमा धेरै राम्रा काम गर्न सकिन्छ,यसमा मेरो विशेष जोड रहनेछ। कोरियामा नेपालीहरुको सॅख्या वृद्धि सॅगै प्रत्येक महिना जसो विभिन्न घटानाहरु घटिरहेका छन् र यसको समाधान गर्नको लागि उपयोगीमूलक कार्यक्रमहरु र परामर्श सेवा प्रदान गरिनेछ।

३. अक्षयकाेष स्थापना : दुई बर्षीय कार्यकालमा जतिसक्दो नेपालमा रहेका पिछिडिएका पीडित र असक्त, वृद्ध,गरिब तथा जेहेन्दार विधार्थीहरुलाई सहयोगका लागी आर्थिक सॅकलन गरी आवाश्यक सहयोग गर्ने र यसका लागि ५० लाखॅ देखि १ करोड सम्मको अक्षयकाेष निमार्ण गरिनेछ। साथै यस बाट आएको ब्याजले नेपालमा रहेको दु:खी पिडितको सहयोग गरिनेछ।

४. एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने : NRNA कोरियाले एनआरएन आईसिसि सॅगको सहकार्यमा पहिलो पटक एतिहासिक एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ। यसका लागी कोरियामा रहेका सॅघसॅस्थाका प्रतिनिधि सॅग सहयोग सल्लाह लिएर काम गरिनेछ।

५. लगानीको वातावरण बनाउने : कोरियामा कमाएको शिप र पुजीॅबाट आफ्नै देशको समृद्धको लागि एउटा ठूलो र सेवामूलक तथा आयमूलक कोरियन परियोजना निर्माण गरि नेपालीहरुको जीवनस्तर माथि उकास्न पहल गर्नेछौॅ।
यसका साथै सॅसार भरि छरिएर बसेका एनआरएनका अति सफल तथा विशिष्ट व्यक्तिहरुसॅग मिलेर नेपालको कृषि,पर्यटन,होटल व्यवसाय,हाइड्रोपावर जस्ता आयमूलक प्रोजेक्टमा कोरियाबाट पनि लगानी गर्नको लागि सेमिनारहरुको आयोजना गरि आफ्नो लगानी निश्चित रुपमा नफस्ने ग्यारेन्टी हुने गरी नीति नियमहरु बनाउनेछौॅ।

६. सॅस्थाको गतिविधि पारदर्शी बनाउने : NRNA कोरियाको गतिविधिहरु,हिसाब किताबलाई पारदर्शी बनाईनेछ। साथै सॅस्थाको वेवसाइट तथा फेसबुक पेजलाइ अपडेट गराईनेछ। सॅस्थालाई कसरी स्वच्छ र मर्यादित बनाउने भन्ने बिषयहरुमा गम्भीर भएर कसैले औॅला उठाउने ठाउॅ राखिने छैन।

अन्तयमा,यस सॅस्थामा रहेर विगतमा गरेका आफ्नो केहि राम्रो कामहरुलाई थप निरन्तरता दिदै यस सॅस्थाको गरिमालाई उच्च कायम गर्न अझ अगाडि बढ्ने प्रतिबद्धता जायर गर्दछु र यसका लागि एनआरएनए का पूव अध्यक्षज्युहरु,आईसिसि प्रतिनिधिहरु,डिआरसी,एसिया प्यासिफिक प्रतिनिधि एॅव वर्तमानको सम्पूर्ण कार्यसमिती र कोरियाका सम्पूर्ण नेपाली सॅघसॅस्थाका प्रतिनिधिज्युहरु सॅग सहयोग हुने विश्वास गर्दै याहाॅहरुको आवश्यक सल्लाह,सुझावका साथै सहयोग र साथको अपेक्षा राख्दछु।धन्यवाद !!

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकको कार्यक्रममा एनसिसिको सहजिकरण , तनहूँ, पाँचथर र लुम्बिनीलाई अनुमति
  • चुम्लुङ कोरियाद्वारा केलाङ प्रशिक्षण सम्पन्न
  • पूर्वी नेपाल समाजले १० औँ वार्षिकोत्सव सँगै वृहत वनभोजको आयोजना गर्दै
  • जुन २२ का दिन ह्वासङमा ‘खुल्ला पुल प्रतियोगिता’ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...