Advertisement
SKIP THIS

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ


वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् ।
अन्य पदाधिकारीमा बरिष्ठ उपाध्यक्षमा रुपा गुरुङ, उपाध्यक्षहरुमा कुसला क्षेत्री, मात्रृशोभा राई रहेका छन् । त्यस्तै सचिवमा शुस्मा थापा, सहसचिबमा मञ्जु गुरुङ, कोषाध्यक्षमा पार्वती मोक्तान, सहकोषाध्यक्षमा उर्मिला जोशी निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यहरुमा डोल्मा ओमु ह्योल्मो र बिमला थापा रहेका छन् ।
औपचारिक कार्यक्रममा दक्षिण कोरियाका लागि कार्यवाहक राजदुत किरण शाक्यले वमन फर वमनले धेरै सामाजिक कार्य गरेको बताए । उनले आफ्नो कोरिया बसाईमा संस्थालाई सहयोग गर्न खोजेको तर कोरियामा बैधानिक रुपमा संस्था दर्ता नभएकोले सहयोग गर्न नसेकेको बताए ।
कार्यक्रममा गैर आवासिय नेपाली संघ दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङ, एनआरएनए एसिया प्यासेफिक महिला संयोजक जुनु गुरुङ प्रदेश नं। ३ एकता समाजका अध्यक्ष किशोर ब्लोन, नेपाल पत्रकार महासंघका अध्यक्ष रञ्जनराज कुँवर, वमन फर वमनका पुर्वअध्यक्ष मल्लिका थकाली लगाएतले सभालाई सम्बोधन गरेका थिए भने सचिव रुपा गुरुङले संस्थाको प्रगति विवरण प्रस्तुत गरेकी थिइन । त्यस्तै कोषाध्यक्ष पार्वती मोक्तानले संथाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...