Advertisement
SKIP THIS

एन सि सिको चरम लापारवाहीको कारण निर्वाचनमा धाधँली भयो :-शंकर बस्नेत


फोनिज कोरिया संवादाता

सोल –नेपाली  समपर्क समितिको जुन २८ तारिखमा सम्पन्न भएको १५ औं अधिवेशन एन सि सिकैं चरम लापारवाहीको कारण निर्वाचनमा धाधँली भएको एन सि सि अध्यक्षका उम्मेदवार शंकर बस्नेतले दाबी गरेका छन् ।
अधिवेशनलाई मर्यादित बनाउन आफूहरुले भरमग्दुर प्रयास गरे पनि आयोजकको लापरवाहीको कारण निर्वाचन प्रकृयामा धाधँली भएको भन्दैं बस्नेतले निर्वाचन प्रकृयामा भएको त्रृटिलाई रोक्न आफुले आफ्नो समर्थकहरुको च्यातिएको भेटिएका ३६ बढि मत मत्र र त्यसका प्रमाण सहित निर्वाचन समितिमा जानकारी गराएको हो । यस संगै धेरै मत पत्र गायब भएको हुदा आफूहरुले निवेदन दिएको र त्यसको वेवास्ता भएको हुदा निर्वाचन प्रकृयाको केही समयपछि नै आफ्ना १५० भन्दा बढि समर्थक सहित वहिस्कार घोषणा गरेता पनि निर्वाचन समितिले त्यसलाई समेत लत्याएर एकलौटी ढंगले निर्वाचन परिणाम घोषणा गरेकोमा उनले गम्भीर आपत्ति व्यक्त गरे।

 

त्यसैंगरी बस्नेतले एक विज्ञत्ति जारी भनेका छन्, अहिले भरिएका फर्म , हालिएको मत पत्र सहित सम्पुर्ण रेकर्ड सुरक्षित राखी सर्वपक्षिय छलफल गर्न जोडदार माग गर्दै निर्वाचन समितिसंग रहेका सम्पूर्ण हिसाब किताव तथा प्रमाण सर्वक्षिय भेलामा राख्न र यसको छिनोफानो नभएसम्मको लागि हिसाब किताव नबुझाउन तथा सपथ ग्रहण कार्य नगराउन माग गरेका छन् । आफनो मागहरुको वेवास्ता गरिएमा आफूले समानान्तर रुपमा एन सि सिको कार्य सञ्चालन गर्ने पनि उनले चेतावनी दिएका छन् ।

 

                                                                                     प्रेस विज्ञप्ती

नेपाली सम्पर्क समिति दक्षिण कोरिया नेपालीहरुको ईतिहास बोकेको संस्था हो । यही २०१५ जुन २८ तारिखको अधिवेशनको क्रममा मत पत्र च्यातिएको , फर्म भरेका व्यक्तिहरुको नाम नभेटिएको र फर्जी मत खसेको छ । अधिवेशनलाई मर्यादित बनाउन आफूहरुले भरमग्दुर प्रयास गरेका थियौं । तर यसका आयोजकहरुको चरम लापरवाहीको कारण निर्वाचन प्रकृयामा धाधँली भएको सर्ववित्तितै छ ।

 

मैले भोजपुर परिवार दक्षिण कोरियाको सल्ल्लाहकारको हैसियतले उम्मेदवारी दिएको हु । एउटा संस्थागत निर्णयमा भएको उम्मेदवार माथि जुन प्रकारले राजनीति गर्छु भन्नेहरुले घृणित कार्य गरे यसमा हाम्रो संस्था लगायत कोरियाको संघ संस्थाले मलाई न्याय दिलाउन सहयोग गर्नुपर्छ । नेपालीहरुको साझा संस्थालाई केही व्यक्तिहरुको ईशारामा गुण्डागर्दीको चरम रुप देखाएर जसरी कब्जा गर्ने दुस्पयास भएको छ । यसलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले कुनै हालतमा स्वीकार गर्न सक्दैनौं । निर्वाचन प्रकृयामा भएको त्रृटिलाई रोक्न आफुले आफ्नो समर्थकहरुको च्यातिएको भेटिएका ३६ बढि मत मत्र र त्यसका प्रमाण सहित निर्वाचन समितिमा जानकारी गराएको हो । यस संगै धेरै मत पत्र गायब भएको हुदा आफूहरुले निवेदन दिएको र त्यसको वेवास्ता भएको हुदा निर्वार्चन प्रकृयाको केही समय पछि नै आफ्ना १५० भन्दा बढि समर्थक सहित वहिस्कार घोषणा गरेका हौ ।

 

तर कुनै व्यक्तिको निर्णयमा बनाइएको निर्वाचन समितिले त्यसलाई समेत लत्याएर जुन एकलौटी ढंगले निर्वाचन परिणाम घोषणा गरेको छ यसमा मेरो गम्भीर आपत्ति रहेको छ । निर्वाचन प्रकृयामा त्रृटि भेटिएपछि निर्वाचन प्रकृया स्थगीत गर्नुपर्ने सर्वमान्य नियमलाई समेत लल्याएर निर्वाचन प्रकृयामा भएको त्रृटिलाई सच्चाउने अथवा पुन अधिवेशन सार्ने वाटो विकल्प हुदा हुदै जवरजस्ती ढंगले अधिवेशन भएको घोषणा गर्ने कार्यको भत्र्सना गर्दछु । अर्का उम्मेदवार समेत रहेका वलराम पुनले समेत निर्वाचन वहिस्कार गरेको अवस्थामा छानविन गर्न दिएको आवेदनलाई समेत निर्वाचन समितिले लत्याउने गम्भीर त्रृटी गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । दुईजनाको मत संख्या जोडदा बहुमत हुने हुदा हाम्रो अपिललाई वेवास्ता गरेर अगाडि बढने निर्वाचन कमिटीलाई मान्न बाध्य नहुने पनि जानकारी गराउन चाहन्छौं । कोरियामा रहेका २१ भन्दा बढि संघ संस्थाले सार्वजनिक विज्ञप्ती जारी गरी अधिवेशन सार्न माग गरेका सवैलाई जानकारी नै छ । संघ संस्थाले अधिवेशन सार्न माग गर्दा समेत नसारेर जवरजस्ती अधिवेशन गर्नुको रहस्य प्रस्ट भईसकेको छ । अधिवेशनको लागि पुरानो कार्यसमितिका सचिव र कोषाध्यक्षले औचित्य नभएको प्रेस विज्ञप्ती जारी गरिसकेका छन । अहिले पनि पुरानो कार्यसमितिका वहुसंख्यक सदस्यहरु यो निर्वाचन प्रकृया गलत भएको निष्कर्षमा पुगिसकेको हुदा यो अवैधानि निर्वाचन प्रकृया स्थगित गर्न माग गर्दछु ।

 

पुरानो कार्यसमितिको बरिष्ठ उपाध्यक्ष ,सचिव, कोषाध्यक्ष लगायत पदाधिकारी यसको पक्षमा भईसकेको र अधिवेशन गर्ने आधिकारीक माईन्युट समेत नपाइएको हुदा यो निर्वाचनको औचित्य पुष्टि नहुने जानकारी गराउछु । यस्तो अवस्थामा पुराना कार्यसमितिका सदस्यहरुलाई आपतकालिन बैठक बसि यो अधिवेशन अवैधानिक भएको ठहर गर्न पनि ध्यानाकर्षण गराउन चाहन्छु । र सो बैठकले अर्को अधिवेशन तोक्न अथवा वृहत भेला बोलाउन पनि माग गर्दछु । यस्तो निर्वाचन प्रकृयामा गरिएको धाधलीको छानवीन गर्न माग गर्दै आहिलको कार्यसमितिलाई सपथ नखुवाउन निर्वाचन समितिलाई ध्यानाकर्षण गराउन चाहन्छु । अधिवेशनको क्रममा ठूलो धनराशी जम्मा भएको छ । कोरियाको स्थानीय कानुन अनुसार छानविन गर्ने आधारहरुको वारेमा कानुनविदरुहरु संग छलफल गरि अगाडि बढनेछौं । स्मरण रहोस यसरी जम्मा भएको पैसा कसलाई कसरी हस्तान्तरण भयो कहा खर्च भयो भन्ने बारे हामीले कोरियन कानुन अनुसार प्रश्न सोध्न सकिने प्रशस्त आधारहरु छन ।

यसलाई पुरा नगरी हस्तान्तरण गरेको त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने छ । हामीले यसको लागि रकम घोटाला सहितको निवेदन दर्ता गराएपछि पहिले देखि अहिलेसम्म एन सि सि का सबै आर्थिक कुरा कानुन अनुसार छानविन हुने छ । आफुले गरेको वैधानिक प्रकृयामा रहेका काम गर्न र सत्य तथ्य छानविन गर्न गरेको मागमा कोरियामा रहेका विभिन्न संघ संस्था र नेपाली समुदायको साथ रहने विश्वास लिएको छु । यसको छानविन गर्नको लागि अहिले भरिएका फर्म , हालिएको मत पत्र सहित सम्पुर्ण रेकर्ड सुरक्षित राखी सर्वपक्षिय छलफल गर्न जोडदार माग गर्दछु । निर्वाचन समितिसंग रहेका सम्पूर्ण हिसाब किताव तथा प्रमाण सर्वक्षिय भेलामा राख्न र यसको छिनोफानो नभएसम्मको लागि हिसाब किताव नबुझाउन तथा सपथ ग्रहण कार्य नगराउन माग गर्दछु ।

 

यसरी गरिएका मागहरुको वेवास्ता गरिएमा अहिले एन सि सिलाई मान्यता नदिने र यसले कोरियामा समानान्तर एन सि सि देखिने र यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने चेतावनी दिन चाहन्छु ।
                                                               

                                                                 एन सि सि अध्यक्षका उम्मेदवार
                                                                     शंकर बस्नेत ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...