कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा


सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, महिला मात्र पदाधिकारी हुने, प्राय जसो महिलाको सेवाकै लागि खोलिएको संस्था। तत्कालिन समयमा कोरियामा रहेका मञ्जु थापाको संयोजकत्वमा वुमन फर वुमन गठन गएिको थियो। पहिलो संस्थापक अध्यक्ष कोपिला राइ थिए भने दोश्रो कार्यकालका अध्यक्ष जुनु गुरुङ, तेश्रो कार्यकालका अध्यक्ष मल्लिका थकाली रहेका थिए भने हाल चौथो कार्यकलका अध्यक्ष पद्मा श्रेष्ठ रहेका छन्।

वुमन फर वुमनले गरेका महत्व पुर्ण काम मध्ये सबै भन्दा उत्तम काम महिला सेल्टर संचालन गर्नु रहेको छ। कुनै पनि महिला आपत बिपतमा परेका बेला, कम्पनि परिबर्तन गर्दा वा बिरामी हुदा वा अन्य कुनै कारणले कहि कतै गएर बस्नु पर्ने हुन्छ। कि त होटेल,मोटेलमा गएर बस्नु पर्यो, कि त साथी संगीकोमा गएर बस्न पर्यो। मोटेलमा बस्न पनि महङ्गो हुन्छ। साथीको मा सधै बस्न झ्याउ हुन्छ। सस्तोमा महिलाको लागी मानसिक रुपमा पनि धुक्कका साथ बस्न महिला सेल्टरमा नै उपयुक्त हुन्छ। आर्थिक भौतिक नैतिक र मनोबैज्ञानिक रुपमा समेत सुरक्षित रुपमा महिलाका लागि सेल्टर सेवा निरन्तर रुपमा संचालन गर्नु वुमन फर वुमनको सबै भन्दा उत्तम काम हो।

महिला नेतृत्वको बिकास
नेपालको सन्दर्भमा महिलाहरुलाई पनि पछाडि पारिएको छ। महिलाहरुलाई नेतृत्व तहमा आउने बाताबरण सबैले बनाउनु पर्छ। कोरियामा रहेका नेपाली महिलाहरु पनि राजनैतिक संगठन अथवा सामाजिक संस्थामा अग्रसर भएका देखिन्छ। हालैको अवधिमा केहि राजनैतिक संगठन र ठुला भनिएका सामाजिक संस्थामा महिलाले नै नेतृत्व गरेका छन्। वुमन फर वुमनले समेत महिला नेतृहरु उत्पादन गरिसकेका छन्। महिला नेतृत्व बिकास गरेका छन्। संस्था संचालन , ब्यवस्थापन र निर्णय गर्ने कार्यान्वयन गर्ने काम महिलाले नै गरेका छन्। कोरियामा रहेका संस्थाले आयोजना गरेका औपचारिक कार्यक्रममा बिशेष अथितिको रुपमा अग्रस्थानमा आषन ग्रहण गर्ने हैसियत बनाएका छन्।

सहकार्यता र समाजसेवा
स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण नेपाली संघ संस्थाहरु संग सहकार्य गर्दै आएको देखिन्छ। केहि कोरियन संस्था संग पनि वुमन फर वुमनको सहकार्य रहेकोछ। आइ डब्लु पि जी, नमस्ते कोरिया, सेगिल चर्च, एमटियु केहि कोरियन गुम्बाहरु संग वुमन फर वुमनको सहकार्यता रहेकोछ । महिला सेल्टर सञ्चालन गर्नको लागी सेगिल चर्चको बिशेष सहयोग रहेको छ भने महिनाको अन्तिममा गरिने नियमित स्वास्थ्य शिबिर पनि सेगिल चर्चको सहयोगमा भइ रहेकोछ। सेल्टर संचालन गर्नको लागी नमस्ते कोरिया र एम टि यु कोरियाले पनि सहयोग गरिरहेका छन्। एक गुम्बाको सहयोगमा १२ जना नेपाली बिरामीले जनहि ३० लाख वनको दरले सहयोग पाएका थिए। कोरियन भाषा कक्षा संचालन पनि गरेको थियो।

वुमन फर वुमनले नेपालमा समेत केहि आर्थिक सहयोग गरेकोछ। भुकम्पको बेला करिब ४५ लाख वन, गत सालको बाढि पहिरोको लागि १२ लाख वन, र बुटवलमा एक अनाथालयको अक्षयकोषको लागी नेरु पचास हजार रुपयाँ सहयोग गरेको कुरा वुमन फर वुमनले जनाएको छन्। सानातिना कार्यहरु त अनगिन्ती नै गरेका छन्।
यो बाहेक केहि कमिकमजोरीका कुराहरु टिप्पणी गर्ने कार्य यहाँहरुको।
यहि आउदो आइतबार वुमन फर वुमनको पाचौ अधिबेशन हुदैछ। नयाँ नेतृत्वले अझै समस्त महिलाहरुको सेवा गर्न सकोस यहि छ शुभकामना।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...