Advertisement
SKIP THIS

कोरियामा गर्मी बढ्यो, बरफ कफी पिउनु हुन्छ ? बिचार गर्नुस् है…


कोरियामा गर्मी बढ्यो, के गर्नुहुन्छ ? अवस्य पनि चिसो पेय पदार्थहरु धेरै मात्रामा पिउने गर्छौ । कोही कफीको पाराखी हो भने उसको पहिलो रोजाइ पक्कै पनि आइस(बरफ) कफी नै हुने गर्छ । तर बिचार गर्नुस् है । दक्षिण कोरियाको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले गरेको एक अध्ययनले यहाँ रहेका अधिकांश कफी सपहरुमा गुणस्तर हीन आइसको प्रयोग गरेको पाइएको छ । त्यो पनि फ्रेन्चाइज कफीसपहरु नै ।

खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले जुन १० देखि ९ जुलाई सम्ममा ४२८ आइस पेय पदार्थको संकलन गरेका थिए । जस मध्ये ४१ वटा पसलमा उच्च मात्रामा पोटासियम र हानिकारक जीवाणुहरु रहेको पाइएको जनाएको छ ।

यस्तो कफी पसलहरु सबै नाम चलेका फेन्चाइजको आउटलेट(शाखा) रहेका थिए । जसमा स्टारबक्सको ६ शाखाहरु, एडिया कफीको ७, ए ट्वोसोम प्लेसको ५ र होलील्स कफीको ३ रहेको छ ।

उक्त कफीमा प्रयोग गरिएको आइसमा तोकिएको मापदण्ड भन्दा बढी मात्रामा पोटासियम मिसाएका थिए । कोरिया टाइम्समा लेखिएको समाचार अनुसार एक पसलमा त मापदण्ड भन्दा १६ गुणा बढी पोटासियम प्रयोग गरेको थियो । मापदण्ड अनुसार १ लिटर पानीमा जम्मा १० मिलिग्राम मात्र पोटासियम प्रयोग गर्न पाउछ । त्यस्तै दुई पसलमा अत्याधिक मात्रामा हानिकारक जीवाणु पाएका थिए ।

मन्त्रालयले उक्त रिपोर्टको बारेमा क्षेत्रीय स्वास्थ्य अधिकारीलाई सुचित गरेको छ । र आवस्यक प्रक्रिया पुर्याएर उत्पादन नगरे सम्मका लागी ४१ वटै पसलहरु बन्द गराइएको जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...