Advertisement
SKIP THIS

सुमन हाङ्श्रोङको नेतृत्वमा किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा समिति निर्माण


किरात याक्थुङ चुम्लुङ जेजुदो शाखाको पहिलो अधिवेशन सम्पन्न भएको छ। जुलाई १४ आइतबारका दिन भएको उक्त अधिवेशनले १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ। अध्यक्षमा सुमन हाङ्श्रोङ्लाई सर्वसम्मतिले चयन गरेको छ भने उपाध्यक्षमा मेघ लिम्बू र लक्षु सुब्बा चुनिएका छन्। यसैगरी सचिवमा शुसिल कन्दङवा, सह-सचिवमा पुनम चेम्जोङ र कोषाध्यक्षमा बिकास खेवा चयन भएका छन्।
सदस्यहरुमा सविन थोप्रा, गजिन्द्र हाङस्रोङ, रुपेन लावती, मनिष लिम्बू ,शैलेन तुम्बापो,बसन्ती लावती र इन्द्र तुम्बापो रहेका छन्।

अधिवेशनले शुभद्रा पालुङ्वाको संयोजकत्वमा छ सदस्यीय सल्लाहकार समितिपनि चयन गरेको छ। सल्लाहकार सदस्यहरुमा अर्जुन तुम्बापो, सुयोग चेम्जोङ, गगन लावती, सुमन हेम्ब्या र जीवन कन्दङवा चयन भएका छन्। केन्द्रीय प्रतिनिधिको रुपमा श्री अर्जुन तुम्बापोलाई तोकिएको छ।

नवनिर्वाचित अध्यक्ष सुमन हाङ्स्रोङले फोनिज कोरियासँग कुरा गर्दै चुम्लुङ जेजुदो शाखा आफ्नो मौलिक भाषा, लिपि, धर्म, संस्कार संस्कृति र समाजसेवामा लागिपर्ने बताएका छन्। यसैगरी विशेष अधिवेशनबाट भावी कार्यक्रम र रणनीति तय भइसकेको हुनाले अन्य संस्थाहरु सँग सहकार्य गर्दै अगाडि बढ्ने जानकारी दिए।

“हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौँ” भन्ने नाराका साथ जेजुदो चुम्लुङ शाखाका संस्थापक अध्यक्ष अर्जुन तुम्बापोको अध्यक्षता र केन्द्रिय सल्लाहकार सुभद्रा पालुङ्वाको प्रमुख आतिथ्यमा अधिवेशन सु-सप्पन्न भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...